कञ्चनपुर : भुवन वडुको ‘फिर्ता दे मेरो माया’ गीतिकथा सार्वजनिक भएको छ । यर्थाथ घट्नामा आधारित गीतिकथामा गीतको माध्यमबाट अहिले समाजमा भै रहेको वास्तविक घटनालाई दर्शाउन खेजिएको छ ।

गीतिकथाद्वारा माया प्रेमको नाममा कसरी एउटा सुन्दर परिवार विखण्डनको अवस्थामा पुग्छ त्यसलाई दर्शाउन खेजिएको छ । जुन यस्ता घट्ना अहिले हाम्रो समाजमा दिन प्रतिदिन बढ्दै गएको छ । कलाकार सुरेश चन्द ठकुरी, हरिश भट्ट र ऐश्वर्या विष्टको उत्कृष्ट अभिनयले दर्शकहरुको मन लोभ्याउन सफल भएको छ । जसले गर्दा गीतिकथा हेरिसेकेपछि मन भक्कानिएर आउने दर्शकहरु बताउछन् । बालकलाकार सम्रागी चन्द ठकुरीले पनि उत्कृष्ट अभिनय गरेकी छिन् ।

भुवन प्रकाश वडुको स्वरमा रहेको ‘फिर्ता दे मेरो माया’ गीतको रचना भानुभक्त जोशीले गरेका छन् । उक्त गीतिकथामा सुदूरपश्चिमका लोकप्रिय वरिष्ठ निर्देशक भीम थापाको निर्देशनमा अमृत उपाथ्यायले छायांकन गरेका छन् । गीतिकथा भुवन प्रकाश बडुको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको छ ।

