कञ्चनपुर : सत्ताधारी राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार बेदकोटको सुुडामा रास्वपा जिल्लाको विस्तारित बैठक सम्पन्न भएको हो । रास्वपा कञ्चनपुरका युवा नेता केशवराज जोशीले बैठकले जनताका आधारभूत समस्यादेखि जिल्लानभर संगठन विस्तारका एजेण्डामा छलफल भएको बताए ।

उनका अनुसार किसानलाई समयमै मलखाद वितरणदेखि सबै सरकारी कार्यालयको सेवा प्रभाव र जिल्लाभर संगठन विस्तार गर्ने विषयमा छलफल भएको बताए । रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टको अध्यक्षतामा भएको बैठकमा प्रदेशका महामन्त्री सतोष जोशी सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।











