निर्मला बनिन् ‘मिस डिस्एबिलिटी क्विन’ नेपाल २०२४

सुदूरपश्चिम प्रदेशकी कौशिलालाई  ‘मिसेज डिश्याबिलिटि क्विन २०२४’ को उपाधी 

काठमाडौ : ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२४’को उपाधि निर्मला भण्डारी र कौशिला बिष्टले जितेका छन् । काठमाडौँ काडाँघारीकी भण्डारीले मिस र सुदूरपश्चिमकी बिष्टले मिसेस तर्फको शीर्ष उपाधि हात पारेका हुन् ।प्रतियोगितामा हेटांैडाकी रोजिना स्याङ्तान फष्टरनरअप र दोलखाकी निर्माया मगर सेकेन्ड रनरअफ भए । प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन ।काँडाघारीकी निर्मला भण्डारी मिस डिस्एबिलिटी क्वीन नेपाल २०२४ बिजयी भएकी छन् । धुम्बाराही स्थित दियो महलमा आयोजना भएको फाइनल प्रतिस्पर्धामा विवाहित तथा अविवाहित गरी २२ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो।प्रतियोगितामा बिजेता बन्नुका साथै पर्सनालिटी विधाको अवार्ड सहित जितेकी छन । प्रतियोगितामा कन्फिडेन्ट विधाको अवार्ड सहित सुदुरपश्चिमकी कौशिला विष्ट मिसेस् डिस्एबिलिटी क्वीन नेपाल बिजेता भइन् ।वेष्ट हेयरको अवार्ड सहित रोजिना स्याङ्तान फस्ट रनर अप तथा वेष्ट स्कीनको अवार्ड सहित निर्माया मगर सेकेन्ड रनर अप घोषणा भइन् ।  ग्रीन आर्टस् मिडियाले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले सम्हालेकी थिइन् ।ग्रिनआर्टस् मिडिया प्रालिको आयोजनामा मंगलबार साँझ दियो महल, घुम्बाराहीमा सम्पन्न प्रतियोगीतामा दर्जनबढी सव–टाइटल समेत बढिएको थियो । जसमा शोभा श्रेष्ठले बेष्ट पपमेन्स, बिनु थापाले मष्टपपुलर, रेवती कार्कीले मष्ट ट्यालेन्ट, निर्मला भण्डारीले बेष्टपर्सनालिटी, सानुकांची तामाङले मष्ट इस्पाइरिङ, मैया बिसुंखेले बबली पर्सनालिटी, निर्माया मगर बेष्ट स्क्रिन, उमा भुजेलले बेष्ट डिसिप्लेन, सुनमाया माभीले मष्ट हम्बल, राजिता खड्काले बेष्ट स्माइल, मीना मगरले मष्ट चार्मिङ, रोशनी थापाले मोष्ट ब्युटिफुल, बुद्धीकुमारी यारीले मष्ट अमेजिन, शोभा थापा मगर मोस्ट ग्लयामर, कौशिला बिष्टले मस्ट कन्फिडेन्ट, अस्मिता पौडेलले मोस्ट फोटोजेनिक, सम्झना भुजेलले मोस्ट फ्रेन्ड्ली र रोजिना स्याङ्तानले बेस्ट हेयरको उपाधि हात पारे ।अपाङ्गता भएका व्यक्तिहरुको क्षमता साथै उनीहरुमा लुकेर बसेको प्रतिभालाई समाजमा उजागर गर्दै अगाडि बढ्न प्रेरणा र हौसला प्रधान गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको हो।

निर्णाय (एनएसके) श्रेष्ठ, लक्ष्मी महत, प्रकृति मैनाली, सिंह रुद्रहरि ग्यावली, सिंह शंकर शारदा लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

फोटो फिचर :

ताजा समाचार