मन्त्री सरल वाढी प्रभावित क्षेत्रमा , पीडितलाई राहत, क्षतिग्रस्थ संरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार : मन्त्री भाट

कञ्चनपुर: मुलुक वाढी पहिरोको ताण्डपले रोईरहेको छ । केन्द्रमा राजनीतिक समिकरण फेरबदल भएसगै प्रदेशदेखि केन्द्रसम्म नयाँ सरकार गठनको ताफताप चलिरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारका एकमन्त्री केही दिनदेखि वाढी प्रभावित बस्तीमा खटिएका छन ।

शुक्रबारदेखि कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आएको भिषण बर्षाले तराई क्षेत्र डुवान, कटान गरेर क्षेतबिच्छेद गरेको छ । उक्त वाढी प्रभावित एव वाढीले ताण्डप मच्चाएको क्षेत्रमा सुप प्रदेश सरकारका मन्त्री ओम विक्रम भाट(सरल) वाढी प्रभावित क्षेत्रमा खटिएका हुन ।

केन्द्रमा नयाँ राजनीतिक समिकरण बनेसंगै सुप प्रदेश सरकार अल्पमतमा परेको अवस्थामा एमाले, काँग्रेसका संसदमन्त्री बन्ने होडबाजीमा रहेका बेला स्वास्थ्य, महिला तथा जेष्ठ नागरिक मन्त्री सरल निरन्तर वाढी प्रभावित बस्तीका पीडितसंग भेटघाटमा खटिएका छन ।वाढीबाट कैलाली, कञ्चनपुरमा भएको डुवान, कटान, नागरिकका दुखपीडामा मन्त्री सरल निरन्तर खटिएका छन ।
मन्त्री सरलले कञ्चनपुरको बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका वाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै पीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।वास्थ्य, महिला तथा जेष्ठ नागरिक मन्त्री (सरल)का स्वकीय सचिव कैलाशचन्द्र गिरीले मन्त्रीले तीनै स्थानीय तहका वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै राहत, पुर्ननिर्माणका कार्यक्तम बढाउन प्रदेश सरकार तयार रहेकाले पीडितसंग छलफल गरेको बताए ।कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले आमासंगै खाटमा सुतेका कृष्णपुर नगरपालिका १पहरियाका ७ महिने नवराज शिशुको खसेर मृत्यु भएका पीडित परिवारदेखि कटानी, पटानी एव डुवान भएका क्षेत्रमा मन्त्री सरलले स्थलगत अनुगमन गरेको बताए । वडाध्यक्ष साउदले कृष्णपुर २ मुक्त कमैया शिबिर सहितका वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै पीडितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट पहल गर्ने आवश्यसन दिएका छन । मन्त्री भाटसंगै जलस्रोत तथा शहरी विकासमन्त्री अक्कल रावल सहितले समेत स्थलगत अनुगमन गरेका छन ।पीडितहरुले विपद्को संकटमा स्थानीय प्रदेश र केन्द्रमा जनप्रतिनिधी पीडितको दैलोमा नआएपनि अल्पमतमा परेको प्रदेश सरकारका मन्त्री आएर राहत र पुर्ननिर्माणका विषयलाई लिएर आवश्वासनदेखि दुखमा साथ दिएको भन्दै आभार प्रकट गरेका छन ।

ताजा समाचार