चारदिन भिषण बर्षाले कञ्चनपुरका गाँउ बस्तीदेखि शहरसम्मै ताण्डप

कञ्चनपुर : चार दिनदेखि अबिरल रुपमा परिरहेको भिषण बर्षाले कञ्चनपुरका गाँउबस्तीदेखि शहर बजारसम्मै क्षति पु¥याएको छ । ठुला तथा साना खोला नदी भएका तटिय गाँउ बस्तीदेखि खोला, नदी नै नभएका बस्ती एव शहर बजारसम्मै भिषण बर्षाले क्षति पु¥याएको हो । जिल्लाभरी हजारौँ घरमा पानी पसेको छ । लगातार रातदिन परिरहेको भिषण बर्षा वाढीमा परिणत भएपछि कहिल्यै डुवान नहुने क्षेत्रदेखि यसअघि देखि नै ठुवानमा पर्ने गाँउबस्ती डुवानमा परेका छन । भिषण बर्षातका कारण विद्युत र टेलिकम सेवा समेत प्रभावित भएको छ । भने, मानविय, भौतिक क्षति भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा कटानी तथा दक्षिणमा डुवानले नागरिकलाई सास्ती खेप्नु गरेको छ ।

२८ सालकै झल्कोदिने गरि दोधाराचाँदनीमा वाढी
महाकाली र जगबुढा दुई नदीको मिलन बिन्दु दोधाराचाँदनी नगरको कुतियाकबर यस बर्षपनि वाढीको शिकार बनेको छ । महाकाली नदीमा जगबुढा नदी थुनिदा नदी कुतियाकबरदेखि आसपारका गाँउबस्ती सुन्दरनगर, शान्तिटोल, निसानी टोल, रामपुरे बस्ती, देउराली घाट, जर्दा गाँउबस्ती डुवानमा परेका छन । दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरका स्थानीय टेक बहादुर सुनारले हरेक बर्ष जगबुढा र महाकाली नदीको संगम स्थल कुतियाकबर भएकाले कटानी र वाढीको जोखिममा रहेको बताए । ‘हाम्रो सीमावर्ती बस्ती दुवै नदीबाट कटानी र वाढीको चपेटामा पर्दै आएको छ, ‘उनले भने, ‘विगतको बर्ष भन्दा यस बर्ष बर्षाले झन ताण्डप मच्चायो, हामी घर छाडेर सुरक्षित घरमा बसेका छौँ ।’ दोधाराचाँदनी नगरपालिका ८ सुन्दरनगर जर्ता टोलका ६३ बर्षिया बृद्ध जितबिर कामीले ०२८ सालयताकै भिषण बर्षा,वाढी आएको बताए । ‘हाम्रा बुढापाखाहरुको ०२८ सालतिर दोधाराचाँदनी भिषण वाढी आएको र सयौँ विस्थापित भएको कहानी सुनाथे, आज हामीले नै त्यही वाढीसंग सामना गर्नु परेको छ, ‘उनले भने, ‘आकस्मिक रुपमा ह्वात्तै आएको जगबुढा नदी घरभित्रै पस्यो ।’ विस्थापित भएर आफुहरु विद्यालयमा बसेको उनले बताए । सुन्दरनगर जर्ता टोलका अर्का स्थानीय तुल बहादुर खडकाले ०२८सालकै झल्कोदिने गरेर वाढी आएको बताए ।

‘जगबुढा नदी र महाकाली नदीले कुतियाकबर सहितका अन्य गाँउबस्ती डुवान गरेपनि हाम्रो सुन्दरनगरमा यसरी पानी नै पस्दैन्थ्यो, ‘उनले भने, ‘यस पटकको पानी सिधै गाँउबस्तीमा पसेको छ ।’ झण्डै ५ दशक यताको वाढी सम्झाउने गरेर दोधाराचाँदनीमा वाढी आएको बताए । ‘वाढी आएपछि हामीहरु नजिकै विद्यालयमा आश्रय लिएर बसेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म कुनैपनि सरकारले खानेकुरा दिएको छैन, हामीहरु आफैले खानाको प्रबन्ध गरेका छौँ ।’ दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पनि ०२८सालकै यता अर्को ठुलो वाढी आएको बताए । ‘हामी गाँउमा ०२८ सालमा दोधारा चाँदनीमा ठुलो वाढी आएर धेरैको संख्याको विस्थापित भएको सुन्थे, ‘उनले भने, ‘अहिले ०८१ सालको वाढीपनि त्यस्तै भएको छ, वाढी प्रभावित क्षेत्र सहित दोधाराचाँदनीका अधिकाँस गाँउबस्ती डुवानमा परेका छन ।’ मेयर लिम्बुले वाढीबाट झण्डै ९सय घर परिवार विस्थापित भएको बताए । उनले सबै वाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार दोधाराचाँदनीमा सोमबार बिहान ६२४मिलिमिटर बर्षा भएको छ ।

१६ बर्षमा फेरी गाँउ पस्यो चौधर नदी
उत्तर चुरे भएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलडाँडी गाँउपालिका ५ईमलिया भएर भारततिर बग्ने चौधर नदी फेरी डेढ दशकपछि गाँउ पसेको छ । १६ बर्ष अघि अर्थात ०६५सालमा आएको वाढीका बेला पनि चौधर नदी ईमलिया क्षेत्रबाट गाँउ पसेको थियो । उतिबेला पुर्व सुचना प्रणाली नहुँदा मानविय भन्दा भौतिक, पशुधन तर्फ क्षति भएको थियो । अहिले पुर्व सुचना हुँदा मानविय पशु तर्फ कुनै क्षति नभएको बेलडाँडी गाँउपालिकाले जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ०६५ सालमा चौधर नदीले महाकाली सिँचाईको नहर फुटाएर गाँउ फस्दा ४÷५घर भत्काईदिएको सयौँको संख्यामा बाख्रा, पशुधन तर्फ क्षति भएको बताए । यस पटक पनि विगतमा गाँउ पसेकोे स्थानदेखि केही पुर्वतिरबाट नदी गाँउ पसेको छ । बेलडाँडी ५भुर्षाको गणेश माविको पुर्वबाट गाँउ पसेको चौधर नदीले बेलडाँडी बेलौरीका बस्ती डुवानमा पारेको छ । बेलडाँडी गाँउपालिका ५ईमलिया, २ढकनिया, ४ वैवाह, ३ खैरिघाटका हजार घर डुवानमा परेको गाँउप्रमुख रानाले बताए । ‘यो नदीको सतह गाँउबस्तीभन्दा धेरै माथि छ, ‘उनले भने, ‘नदीमा पानीको बहाव बृद्धि हुँदा ओभरफुलु भएर नदी गाँउ नै पस्यो ।’ गाँउ प्रमुख रानाले समयमै सबैलाई सुरक्षित स्थानमा पारेपछि घर डुवानमा परेको बताए । चौधर नदीको वाढीले ईमलियाका स्थानीय नन्दकिशोर एसकेको घर बगाएको छ । चौधर नदी नियन्त्रण गर्न नसके बेलडाँडी र बेलौरीका दर्जनौँ बस्ती डुवानमा पर्ने स्थानीयको भनाई छ । स्थानीय अगुवा जनक सिह धामीले चौधर नदीलाई निकुञ्जबाटै डाईभर्जन गर्नुपर्ने बताए ।

बेलडाँडी ३ खैरिघाटका रमेश रानाले दोस्रो पटक चौधर नदी गाँउ पसेको बताए । ‘पहिले पनि ईमलियाबाट चौधर नदी गाँउमा पसेको थियो, ‘उनले भने, ‘अहिले पनि पसेको छ, पानी आउँछ, जान्छ, ‘उनले भने, ‘हामीलाई दुईदिन दुख दिएर जान्छ, ‘घरमा भएको सबै समान नष्ट गरिदियो ।’

बर्षनी दोदाको नदीको ताण्डप निरन्तर
चुरे भएर बग्ने दोदा नदीले हरेक बर्ष लालझाडी, बेलौरी र पुनर्वास तटिय क्षेत्रमा ताण्डप मच्चाउँदै आएको छ । चारदिनदेखि अबिरल रुपमा परिरहेको भीषण बर्षाले दोदा नदीमा आएको वाढीले डुवानमा परेका हुन । दोदा नदीले कञ्चनपुर दक्षिणी क्षेत्रका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन । गयरातीदेखि दोदा नदीले लालझाडी, बेलौरी र पुनर्वास नगरका दर्जनौँ गाँउबस्ती डुवानमा परेका छन । लालझाडी गाँउपालिका २कञ्जका स्थानीय प्रकास रानाले सिङ्गै दोदा नदी गाँउ पस्दा लालझाडीको कञ्ज, बेलौरीको भकुण्डा, पुनर्वास नगरपालिका ५ सिमरी, रातोपुल, २ मोतीबस्तीका सयौँ घर डुवानमा परेका छन । दोदा नदी गाँउ पस्दा पुर्वपश्चिम हुलाकी राजमार्ग समेत अबरोध भएको छ । दोदाबाट विस्थापित भएका घर परिवारलाई पुनर्वास ५चन्द्रवाला आधारभूत विद्यालयमा राखिएको छ । पुनर्वास नगरपालिका विपद व्यवस्थापन संयोजक होमनाथ ढकालले वाढीबाट विस्थापितहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।

पुर्व पश्चिम महेन्द्रराजमार्ग सुडामा पुल भत्कियो
चार दिनदेखिको भारी बर्षाका कारण कञ्चनपुरमा वाढीले वितण्डा मच्चाएको छ । गत शुक्रबारदेखिकोभारी बर्षाका कारण जिल्लाभरीका ठुला तथा साना नदीखोला, खोल्सामा वाढी आउँदा झण्डै २ हजार बढी घर डुवानमा परेका छन ।
सुडाको हजारा खोलामा आएको वाढीले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत सुडामा पुल(कल्भर्ट) भत्काईदिएको छ । हजारा खोलाको वाढीले गयराती बेदकोट नगरपालिका ७सुडाको पुल भत्किएको हो । स्थानीय गणेश नेपालीले चुरे भएर बग्ने हजारा खोलामा पानीको सतह बृद्धि भएपछि राजमार्गमा रहेको पुल भत्काईदिएको बताए । ‘तीनदिनदेखि लगातार बर्षा भईरहेको थियो, ‘सानै खोलामा ठुला वाढी आयो, पुलले थेग्नै नसक्ने गरेर वाढी आयो, पुल भत्काईदियो, ‘उनले भने, ‘हजार खोलाले पुलसंगै आसपासका झण्डै १५० घरधुरी समेत डुवानमा परेका छन ।’ पुर्वपश्चिम महेन्द्र राजमार्ग नै अवरुद्ध भएपनि यात्रुहरु बैकल्पिक सडक प्रयोग गर्दै आएका छन । मालबाहक सवारी साधन जान नसकेपनि साना प्रकृतिका सवारी साधन डाईभसन भएअ ओहोरोदोहोर गरिरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले पुल भत्किाएपनि यात्रुहरु बैकल्पिक सडक प्रयोग गर्दै आईरहेको बताए ।

सदरमुकाम महेन्द्रनगर नै डुवानमा
महेन्द्रनगर कञ्चनपुर जिल्ला सदरमुकाम हो, समान्य बर्षा हुँदा महेन्द्रनगर बजार जलमग्न हुन्छ, तर यस पटक मुख्य बजार सहित आसपासका क्षेत्र डुवानमा पर्दै आएका छन ।
भीमदत्त नगरपालिका ४ भगतपुर बनदेवी टोलका भट्टले यस्तो पानी कहिल्यै नआएको बताए । ‘विगतमा घरको गेट भन्दा तलै रोडसम्म मात्रै पानी आउँथे, ‘अहिले त मेरो घरको भित्रै पानी पसेर घुडासम्मै पुग्यो, ‘उनले भने, घरभित्रै पानी पसेको यो पहिलो पटक हो ।’ भीनपा ३तिलकपुरका स्थानीय लोक बहादुर विष्टले बर्षाले उत्तरी भेगमा बर्षा भईरहेको बताए । यसैविच महाकाली नदीको तटसंगै रहेको भुजेला खोला गाँउपस्ता भीनपा ११ सहितका आसपासका बस्ती डुवानमा परेका छन । चुरे भएर बग्ने भुजेला खोला र बनबासा पुल स्थित भारतीय सीमा सुरक्षा बल(एसएसबी) बसेको स्थानदेखि बग्ने नाला गाँउपसेपछि हजारौँ घर परिवार डुवानमा परेका छन । भीनपा ११का वडाध्यक्ष प्रकास थापाले वाढी आएका बेला यस अघि पनि भुजेला खोला गाँउ पस्ने र महाकाली नदीमा थुनिएपछि सिङ्गै खोला नदीमा नमिसिई सिधै गाँउ पस्ने भएकाले डुवान परेको बताए । वडाध्यक्ष थापाले पहिलो पटक यसरी खोला गाँउमा पसेको बताए । ‘अरु बर्षपनि भुजेला खोला आएपनि बस्ती डुवान भएन, ‘उनले भने, ‘यस पटक डुवानले ठुलो क्षति गरेको छ ।’ भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले वाढीपीडिलाई राहत वितरण गरिएको बताईन ।

झर्नाखोला उर्लियो ः सरस्वती विद्यालय जाने पुल भत्कियो
कञ्चनपुरको दक्षिणी क्षेत्र भएर बग्ने झर्नाखोलामा वाढी आउँदा आसपासका जनता डुवानमा परेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेलौरी नगरपालिका ९ र बेलडाँडी गाँपालिका १ भएर बग्ने झर्नाखोला उर्लिएको छ । गयरातीदेखि झर्नाखोलामा आएको वाढीले बेलडाँडी र बेलौरीका दर्जनौँ घर परिवार डुवानमा परेका छन । झर्नासागरकी स्थानीय कलावती जोशीले खोलामा वाढी आएपछि केही विस्थापित सरस्वती मावि विद्यालयमा बसेको बताईन । ‘यो खोला यस बर्षपनि उर्लिएर आएको छ, ‘उनले भनिन, ‘खोलाबाट विस्थापित भएका ८÷१० परिवार सुरक्षित स्थानमा सरिसकेका छन ।’ खोलामा आएको वाढीले पुल, तटबन्धमा समेत क्षति गरेको छ । सरस्वती मावि जाने पुल भत्काएपछि विद्यार्थी र स्थानीयलाई आवत जावतमा समस्या हुने भएको छ । स्थानीयले हेडटु टेलसम्म तटबन्ध र ठाँउठाँउमा पक्की पुल निर्माणका लागि माग गर्दै आएपनि तीन सरकारले वेवास्ता राख्दा खोलाले बर्षनी उर्बरा जमिन कटानी गर्दै आएको छ । बर्षा नरोकिएपछि तटिय क्षेत्रका जनता त्रसित भएका छन ।

वाढीको ताण्डप ः डुबेर चारको मृत्यु, एक वेपत्ता
घरभित्र पसेको पानीमा डुबेर नवराजशिशु, तालमा डुबेर तीन किशोरीको ज्यान गयो, नदीमा वेपत्ता युवकको बाँच्ने आस टुट्यो चार दिनदेखिको लगातारको भिषण बर्षाको ताण्डपले कञ्चनपुरका चार जनाको ज्यान गएको छ । भने, एक युवक वेपत्ता भएका छन । भिषण बर्षातकै कारण नवजात शिशुदेखि तीन किशोरीको ज्यान गएको छ, एक युवक नदीमा वेपत्ता भएका हुन । आइतबार चौधर नदी तर्ने क्रममा वेपत्ता भएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै फेला परेका छैनन । माछामार्न गएका चौधरी वेपत्ता भएको २४घण्टासम्म समेत फेला नपरेपछि घर परिवार आफन्तले आँस पाउने आसै मारेका छन । भने, लास पाउने प्रतिक्षामै छन ।

आइतरबार रातभरी परेको बर्षाले घरभित्र जलमग्न भएपछि कृष्णपुर नगरपालिका १ पहरियाका ७ महिने नवराज शिशुको सोमबार बिहानै मृत्यु भएको छ । आमासंगै सुतेका नवराज शिशु सोनु धानुक सुतेको खाटबाट खसेर पानीमा परेर मृत्यु भएको हो । सोमबार दिउँसो एक तालमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । विद्यालयमा विदा भएपछि पुनर्वास नगरपालिका ५(ग)गाँउका तीन किशोरी विद्यार्थी गाँउघर नजिकै रहेको तालमा पौडेखेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

गौरीशंकर माविमा अध्ययनरत तीन किशोरीको एकै तालमा ज्यान गएको छ । लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भएको हो । लक्ष्मी कक्षा ९ र आरती, सृजना १० कक्षामा अध्ययनरत छन । बोगटी किशोरीत्रय सबै आफन्त हुन । विद्यालयमा विदा भएपछि उनीहरु दौतरी घुम्न तारतिर गएका थिए । भिषण बर्षाका कारण तारमा पानीको सतह बढेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बर्षाका कारण डुबेर मृत्यु भएका चारै जनाको सनाखत भएर आफन्तलाई बुझाएको बताए । वेपत्ता युवकको खोजीकार्य रहेको प्रवक्ता जोशीले बताए । यस बर्ष मनसुनको शुरुवातमै चार जनाले ज्यान गुमाईसकेका छन । भने, एक वेपत्ता भएका छन । बर्षाका बेला अनावश्यक घर बाहिर ननिस्किन समेत प्रशासन, प्रहरी सहितका सरोकारवाला निकायले आब्हान गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले १हजार १सय ३१ घरपरिवार विस्थापित भएको बताए । प्रजिअ सापकोटाले विस्थावित परिवारका ४हजार १३५मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको र पानी घट्दै गएका घर परिवार घर फर्किन लागेको बताए । वाढीबाट भएको क्षतिको एकिन विवरण संकलन जारी रहेको छ । प्रजिअ सापकोटाले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाले डुवानमा परेका परिवारको उद्दार गरेर सुरक्षित स्थानमा लगेको बताए । ‘हामीले विस्थापितहरुको खाने प्रबन्ध मिलाईसकेका छौँ, ‘प्रजिअ सापकोटाले भने, ‘अब सबै घरतिर फर्किसकेका छन ।’

ताजा समाचार