दोधारा । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक, संघिय सरकार सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले दोधारा चाँदनी नगरपालिकाको बिकास कार्यको स्थलगत अनुगमन गरेका छन् । आज बिहान कांग्रेस संसदीय दलका प्रमुख सचेतक, संघिय सरकार सदस्य तथा पुर्व मन्त्री रमेश लेखक संगै शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, भिमदत्तका मेयर पदम बोगटी, उपमेयर निलम जोशी लेखक लगाएत नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताहरुले दोधारा चाँदनीको बिभिन्न बिकासका कार्यको स्थलगत अनुगमन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्ती पुगेर संघिय सरकार सदस्य रमेश लेखकले कुतियावकर बस्तीलाई सुरक्षित बनाउन बाँकी रहेको तटबन्ध निमार्ण कार्य अघि बढाउने बताएका छन् । कुतियावकर बस्ती दोधारा चाँदनी नगरपालिका क्षेत्रकै बिकट तथा बाढीग्रस्त क्षेत्र हो । कुतियावकर बस्तीमा हालै निमार्ण भईरहेको झण्डै २ सय मिटर तटबन्ध निमार्ण कार्यको पुर्व मन्त्री लेखकले स्थलगत अनुगमन गरेका छन् ।

बस्तीलाई सुरक्षित गर्न अझै झण्डै ८ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य गर्नु पर्ने भएको हुदा सो कार्यको लागी पहल भईरहेको मन्त्री लेखकले बताएका छन् । सो कार्यको लागी झण्डै रु. ८ करोड रकम लाग्ने अनुमान गरिएको छ् । ‘हामी कुतियाकवर बस्तीलाई बाढीको जोखिमबाट जोगाउन लागिपरेका छौं’ पुर्व मन्त्री रमेश दत्त लेखकले भने– ‘झण्डै ८ सय मिटर पक्की तटबन्ध निमार्ण कार्यको तयारी भईरहेको छ ।’ यस्तै केही दिन अघि हावाहुरीको कारण बिद्युत तार एकआपसमा ठोक्किएर दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार नजिक रहेको सचिव टोलका अग्निपिडितहरु संग भेट गरेका छन् ।
अग्निपिडितहरुको कुराकानी गर्दै पुर्व मन्त्री रमेश लेखकले स्थानिय सरकारले १९ घरपरिवारलाई तत्कालिन राहत स्वरुप रु. ५ हजार प्रति घरपरिवारलाई उपलब्ध गराईसकेको बताउदै आफुहरुले बिद्युत प्राधिकारण सित छलफल गरि क्षतीपुर्ती उपलब्ध गराउने बताएका छन् । यस्तै बाबाथान बजार देखि चन्द चौरह हुदै पुर्णागिरी आधारभुत बिद्यालय सम्म जाने अलपत्र पक्की सडक खण्डको स्थलगत अनुगमन गर्दै ठेकेदारको बदमासीको कारण निमार्ण कार्य अलपत्र भएको बताएका छन् ।
गएको आर्थिक वर्षमा झण्डै रु. ३ करोड मा निमार्ण कार्य संचालन भएको सडकमा ठेकेदारले सडक अलपत्र बनाएपछि स्थानियहरुले सडक निमार्ण गर्न स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई गुहार्दै आएका छन् । निमार्ण कार्य अलपत्र भएपछि केही दिन अघि मात्रै स्थानियहरुले आवागमनको लागी काठको सानो पुल निमार्ण गरि बिरोध गर्ने उद्धेश्यले दरातीले रिविन काटेर पुलको उद्धघाटन गरेका थिए ।
मन्त्री लेखकले उक्त दराती सडकको निमार्ण कार्यको बारेमा छलफल भईरहेको बताउदै एथासिघ्र निमार्ण कार्य अघि बढाउन आफु र शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर राना लागिपरेको बताएका छन् ।
