मन्त्र अस्पतालमा नाक,कान र घाँटीको सफल उपचार

कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरमा रहेको मन्त्र अस्पतालमा नाक, कान र घाँटीका बिरामीको सफल उपचार भईरहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा नाक, कान र घाँटीका बिरामीको सफल उपचार भईरहेको हो । उपचारका लागि विभिन्न नेपाल तथा भारतका अस्पतालमा उपचार हुन नसकेपछि मन्त्र अस्पतालमा भईरहेको छ । मन्त्र अस्पतालमा विगत डेढ बर्षदेखि कार्यरत नाक, कान र घाटी विशेषज्ञ डा.रचित पोखरेलले उपचार गरिरहेका छन । नयाँ दिल्ली स्थित एम्स मेडिकल कलेजबाट अध्ययन गरेर झापाको बिएनसी, काठमाण्डौँको स्टार अस्पताल सहितका अस्पतालमा काम गरेका डा. पोखरेल अहिले मन्त्र अस्पतालमा छन । उनले दुबिर विधीबाट उपचार गरिरहेका छन ।

डा. पोखरेलले नाकनाकघाटीको एलर्जी, पिनास सहितका विवित समस्या लिएर आएका छन । मन्त्रमा अहिले २४ सै घण्टा उक्त सेवा प्रदान हुँदै आएको छ । केही समयअघि गाला(मुख)मा समस्या देखिएका कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय डम्बर भट्टको गाला(मुख)मा सफल उपचार भएको छ । भट्ट जस्ता सयौँ बिरामीको सफल उपचार भएको छ ।
उनले १६ बर्ष अघि मुखमा मासु पलाएर समस्या भएको बताउँदै उपचारका लागि नेपाल भारतका चर्चित अस्पतालमा उपचारका लागि गएपनि त्यहा निको नभएपछि मन्त्रमा आएर उपचार गरेको बताए । ‘मेरो मुखमा देखिएको समस्याको उपचारका लागि म काठमाण्डौँ, भोजिपुरा गए तर त्यहाँ पैशा जम्मा गर्न लगाएपनि अन्तत अप्रेसन गरिदिएन, ‘उनले भने, ‘समान्य सोधपुछका लागि मन्त्रमा आएको थिए, सफल अप्रेसन भएर अहिले सन्चो लागेको छ ।’

बषौँदेखिको उपचार नपाएर मुखमै खिल बनेको डम्बरको मन्त्रमा क्षणभरमै उपचार भएपछि उनले नयाँ जिवनको अनुभुती गरेका छन । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा.गोबिन्द रोकायाले यस क्षेत्रको बिरामीको समस्या मध्य नजर मन्त्रले गुणस्तरिय सेवा प्रदान गर्दै आएको बताए । डा.रोकायाले अन्य स्वास्थ्य उपचारका साथै नाक,कान,घाँटीका बिरामीको सफल उपचार भईरहेको बताए । ‘हामीकहाँ आउने नाक, कान, घाँटीका बिरामीको साधारण तथा दुरबिनविधीबाट सफल उपचार गरेका छौँ, ‘उनले भने, ‘२४सै घण्टा सेवा दिदा यस अघि भारत तथा जिल्ला बाहिर गएर चर्को रकम खर्च गरेर उपचार गर्न बाध्य भएर बिरामी अहिले कमै खर्चमा गुणस्तरिय सेवा पाउँदै आएका छन ।’

ताजा समाचार