युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा जया सी चयन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । विहिबार जिल्लाको महेन्द्रनगरमा भएको संगठनको सम्मेलनले जया सी को नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । नेकपा केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सी ले अबको वैकल्पिक राजनीतिक व्यवस्था एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवाद रहेको बताएका छन् । सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेता दिनेशले जनताका मर्म र भावना विपरीत चलिरहेको दलाल संसदीय व्यवस्थाको जनताको सत्ता वैज्ञानिक समाजवाद भएको बताएका हुन् । साथै उनले देशको बेथिति विसंगति अन्त्य गर्न युवा संगठन हर क्षेत्रमा खडा हुने बताए ।

उनले भने , “ हाम्रो संगठनको धनगढीमा हुने ५ औं राष्ट्रिय सम्मेलन सम्पन्न सबैले लाग्नु पर्छ ।” त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका अथिति विराट सी ले वर्तमान सत्ता र व्यवस्थाले जनताको हक र अधिकार ग्यारेन्टी नगरेको बताउँदै जनताको भविष्य सुनिश्चित गर्न सबैले एक चोटी संघर्षको मोर्चामा होमिनु पर्ने बताए । हामी हिंसा चाहेर होइन शान्तिपूर्ण ढंगले सबै संग छलफल र बहस मार्फत यो संकटको निकास दिन चाहन्छौं त्यसको लागि हाम्रो पार्टी तयार छ, नेकपा नेता विराटले भने ।

नेकपा केन्द्रीय सदस्य अर्जुन सी ले विद्यामान राज्यका विभिन्न निकायमा देखिएका बेथिति , विकृति , भ्रष्टाचार ,अनियमितता लगायतका विषयमा युवा संगठनले निर्मम भएर लाग्नुपर्नेमा जोड दिए । युवा संगठनको दोश्रो जिल्ला सम्मेलनले अध्यक्षमा जया सी, उपाध्यक्षमा निर्मला सी , सचिवमा सन्देश सी, सहसचिवमा महेश सी, रविना सी, राजु सी तथा कोषाध्यक्षमा राजेश सी लगायत २५ सदस्यीय जिल्ला समेत चयन गरेको छ । भरत सी को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा केन्द्रिय सदस्य तथा युवा संगठन उपाध्यक्ष दिनेश सी , अथितिहरुमा नेकपा केन्द्रिय सदस्य द्वय विराट सी, अर्जुन सी लगायत अन्य जबस् मोर्चाका केन्द्रीय तथा ब्युरो स्तरीय नेता कार्यकर्ताको सहभागिता थियो ।

ताजा समाचार