कञ्चनपुर : मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरले होली कार्यक्रम संचालन गरेको छ । मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरले होली कार्यक्रम संचालन गरेको हो । परापुर्वकालदेखि चल्दै आएको रंगहरुको पर्व होली पर्वको सरक्षण प्रर्बद्धनका लागि शुक्रबारदेखि होली खेल्न शुरु गरिएको छ ।
मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरका सचिव ओमकार विष्टले विगत जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका(कञ्चनपुर)मा होली पर्व शुरु गरिएको बताए । उनका अनुसार होली खेलेर धर्म सस्कृति, परम्परा सरक्षण गर्दै समाजिक काम गरिने बताए । मालिकार्जुन सेवा समिति दार्चुला गोकुलेश्वर महेन्द्रनगरका अध्यक्ष रामदत्त विष्ट सहितका समितिका पदाधिकारी सहितको सहभागितामा भईरहेको होली पर्व रौनकता छाएको छ ।
विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत समितिका पदाधिकारी सदस्यहरुविच लामो समयपछि होली पर्वले मिलन गराएपछि एक अपासमा रंग लगाएर उत्साहपुर्वक होली खेलिरहेका छन । मादल, मिजरा सहित लोक परम्परा झल्किने गरी होलीले रौनता छाईरहेको छ ।
