कञ्चनपुर : नेपाल शिक्षक संघ भीमदत्त नगरको पाँचौ प्रतिनिधी सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा शिक्षक संघ भीमदत्त नगरको पाचौँ प्रतिनिधी सभा सम्पन्न भएको हो । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ भीमदत्त नगर कार्य समितिको एक कार्यक्रमका विच प्रतिनिधी सभा सम्पन्न भएको जनाईएको छ । नेपाल शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष धर्मानन्द जोशीले हरेक बर्ष झै यस बर्ष पनि शिक्षक संघले पाचौँ प्रतिनिधी सभा गरिएको बताए । कार्यक्रममा सेवा निवृत शिक्षकहरुलाईं सम्मान गरिएको छ ।
उमाकान्त भट्ट, ललित सिह साउद, शेरसिह विष्ट, खडक सिह ऐर, राम बहादुर बुढा, देव बहादुर खाती, रुद्रलाल पन्त, तर्कराज जोशीलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरी निर्वतमान शिक्षक संघ भीमदत्त नगरका निर्वतमान अध्यक्ष मदन बहादुर विष्टलाई पनि सम्मान गरिएको छ । यस अघि शिक्षक संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहयोग गर्ने रक्तदान दातादेखि संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखा, सानिमा रिलायन्स लाईफ ईन्स्सोरेन्स, नेपाल लाईफ ईन्सोरेन्स लगायत जनकराज जोशी, बिरेन्द्र सिह बोहरा, निर्मला जोशी, मनिस कुँवर, विष्णू प्रशाद बोगटी, राजेन्द्र बोहरालाई प्रसंसा पत्रका साथै सम्मान गरिएको छ । संघका उपाध्यक्ष कृष्णराज पनेरुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बिरेन्द्र बोहरा गरेको कार्यक्रममा शिक्षक संघ भीमदत्त नगरका पदाधिकारी, सदस्य एव सरोकारवाको उपस्थिति रहेको थियो ।
शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष धर्मानन्द जोशीले नगरभित्र रहेका शिक्षा, शिक्षकका समस्यादेखि विवित विषयमा पैरवी गर्नेदेखि स्थानीय सरकारसंगै नगरको शैक्षिक गुणस्तरबृद्धिका कार्यक्रममा साथ समर्थन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शिक्षक संघ कञ्चनपुरका सह सचिव चक्र बहादुर महराले शिक्षक संघ भीमदत्त नगर समितिलाई शिक्षा , विज्ञान प्रविधिको उच्चतम प्रयोग गर्दै नगरको शैक्षिक स्तरबृद्धिका लागि आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्नुपर्नेमा सुझाव दिएका छन । कार्यक्रममा शिक्षक संघ भीमदत्त नगरका सचिव बिरेन्द्र सिह बोहराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे्का थिए । नेपाल शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष धर्मानन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका नगर प्रमुख पदम बोगटीको प्रमुख आथित्यमा भएको थियो । संघका उपाध्यक्ष कृष्णराज पनेरुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बिरेन्द्र बोहरा गरेको कार्यक्रममा शिक्षक संघ भीमदत्त नगरका पदाधिकारी, सदस्य एव सरोकारवाको उपस्थिति रहेको थियो ।