कन्चनपुर पर्यटन महोत्सव २०८० मा रिता केसीको धमाकेदार प्रस्तुति


कन्चनपुर : कन्चनपुरमा अायोजना गरिएको सुदूर पश्चिमाञ्चल कन्चनपुर पर्यटन महोत्सव २०८० मा गायिक रिता केसीले धमाकेदार सांगितिक प्रस्तुती दिएकी छन्।

बुधवार महोत्सवमा अाफ्नाे प्रस्तुती दिएकी कलाकार केसीले कुमाउनी तथा नेपाली गित गाएर दर्शकहरुलाई मनोरञ्जन दिएको महोत्सव मुल अायोजक समितिका संयोजक पिताम्बर जोशीले बताउनु भयो । राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न कला प्रदर्शनी गरेर महोत्सवमा मनोरन्जन दिएका थिए। महोत्सव बिहिबार समापन गरिनेछ ।

उक्त महोत्सव समापन कार्यक्रममा नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारी प्रमुख अतिथि रहने महोत्सव मुल अायोजक समिति संयोजक जोशीले बताउनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img