शुक्लाफाँटाको न्यायिक समितिको तीन दिने पुनर्ताजगी तालिम समापन

झलारी : शुक्लाफाँटा नगरपालिकामा न्यायिक समितिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता र सम्बन्धीत सरोकारवालाहरुका लागि तीन देखि न्यायिक प्रकृया बारे जानकारी दिने उद्देश्यले सञ्चालित पुनर्ताजगी तालिम मंगलवार समापन गरिएको छ । समापन कार्यक्रममा नगर प्रमुख रण बहादुर महराले तालिमबाट प्राप्त उपलव्धीहरुलाई व्यवहारीक रुपमा उतार्नु पर्ने बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले विज्ञ प्रशिक्षकहरुले दिएको प्रशिक्षण अनुसार सामुदायिक मेलमिलापकर्ताहरुले विवादको छिनोफानो गर्दा सहज हुने बताउनु भयो । तालिमका क्रममा धेरै कुरा सिक्ने अबसर प्राप्त भएको छ उहाँले भन्नु भयो, यसले न्यायिक प्रकृयामा सहजता ल्याउ छ, सामुदायिक मेलमिलापकर्ताहरुको यसबाट दक्षता बढेको छ ।

वडा अध्यक्ष शेर बहादुर साउदले लैंङगीक हिंसाबाट महिला मात्रै नभएर पुरुष पनि पीडित हुने गरेको बताउनु भयो । विवादलाई न्यायिक प्रकृया अनुसार व्यवस्थीत ढंगबाट हल गर्दा पक्ष र विपक्ष विचको बैमनश्यता हटदै जाने उहाँले बताउनु भयो । अर्का वडा अध्यक्ष उत्तरदेव भट्टले न्यायिक प्रकृयालाई पारदर्शी, विश्वसनिय र निष्पक्ष बनाउनका लागि तालिममा सिकाईएका कुराहरुले मद्दत गर्ने बताउनु भयो । सामुदायिक मेलमिलापकर्ताको तर्फबाट मधु बोहरा र न्यायिक समितिका सदस्य केशव बहादुर ठगुन्नाले समापन कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । तीन दिने तालिममा स्थानिय शासन विज्ञ विशनदेव जोशी, कञ्चनपुर जिल्ला अदालतका रजिष्ट्रार ताराप्रसाद जोशी, कानुन अधिकृत अनिरुद्र साउद र नगरपालिकाका शाखा अधिकृत मोहन फुलाराले प्रशिक्षण गर्नु भएको थियो ।

तालिममा क्रममा सहभागीहरुलाई नेपालमा संघीय व्यवस्था र तहगत अधिकार, स्थानिय न्यायिक समिति र त्यसको अधिकार क्षेत्र, विवाद समाधानका सवालहरु, सामुदायिक मेलमिलाप प्रकृया विधि, न्यायिक प्रकृया बारे जानकारी गराईएको थियो । स्थानिय तह सञ्चालन ऐन २०७४ अनुसार न्यायिक समितिलाई ऐनको दफा ४७(१)(२) अन्तर्गतको विवाद निरुपण गर्न, विवादको मेलमिलापको माध्यमबाट मात्र विवाद समाधान गर्ने बारेको व्यवस्थो संगै निवेदन, उजुरी, फिरादपत्र, म्याद सूचना,तामेल गर्ने, प्रतिउत्तर संगै निवेदन दर्ता, आदेश गर्ने, निर्णय गर्ने, फैसला गर्ने, मिलापत्र गर्ने लगायतका न्यायिक प्रकृया बारे तालिमका सहभागीहरुलाई जानकारी गराईएको छ ।

ताजा समाचार