एसइईमा सहभागी हुने विद्यार्थीलाई ‘प्रश्न बैंक’ उपहार

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिका ७ का दुई विद्यालयका एक सय ८४ विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा(एसइई)मा सोधिने संभावित प्रश्नहरु समेटिएको पुस्तक आज उपहार स्वरुप प्रदान गरिएको छ । एसइईमा सहभागी हुने विद्यार्थीलाई सहयोग पुरयाउन ‘प्रश्न बैंक’ नामक पुस्तक उपहार स्वरुप प्रदान गरिएको हो ।

हिमालयन कलेज काठमाण्डौंका सञ्चालक भुवनप्रकास जोशीले विद्यार्थीका लागि उपहार स्वरुप पठाउनु भएको पुस्तक स्थानिय समाजसेवी दिपकराज भट्टको समन्वयमा विद्यार्थीलाई उपलव्ध गराईएको छ । कृष्ण माध्यमिक विद्यालय सिमलफाँटाका ५५ र धर्मजनता माध्यमिक विद्यालय स्टेशनपुरका एक सय २९ गरी दुवै विद्यालयका एसइईमा सहभागी हुने एक सय ८४ विद्यार्थीलाई ‘प्रश्न बैंक’ नामक पुस्तक उपलव्ध गराईएको समाजसेवी भट्टले बताउनु भयो । “दुवै विद्यालयमा पढदै आएका विद्यार्थीले एसइईको नतिजामा सुधार ल्याउन भनेर पुस्तक उपहार स्वरुप प्रदान गरेका छौं” उहाँले भन्नु भयो, “पुस्तकमा सोधिएका प्रश्नहरुको उत्तर पढेर मात्रै विद्यार्थीले एसइईमा राम्रा अंक ल्याउन सक्छन ।”

धर्मजनता माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक पिताम्बर जोशीले विद्यार्थीलाई उपलव्ध गराईएको पुस्तक निकै उपयोगी रहेको चर्चा गर्नु हुदै एसइईमा सहभागी हुने विद्यार्थीलाई पुस्तकले परीक्षामा मार्गदर्शन दिने बताउनु भयो । वर्ष भरी पढेका कुराहरुलाई पुस्तकमा लिपिवद्ध रुपमा सम्झीने किसिमले राखिएकाले विद्यार्थीले छोटै अबधिमा पनि पढेर परीक्षमा राम्रो श्रेणीमा उत्तिर्ण हुन सहायक हुने उहाँले उल्लेख गर्नु भयो । उपहार स्वरुप विद्यालयका विद्यार्थीलाई पुस्तक उपलव्ध गराउने दाता प्रति उहाँले आभार समेत प्रकट गर्नु भएको छ ।

ताजा समाचार