कञ्चनपुर – कञ्चनपुरमा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरु भएको छ। सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका ८ भम्केनी धाममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले एक कार्यक्रमको आयोजना गर्दै जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० सुरुवात गरेको हो। उक्त कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द सिंह बिष्टको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल भीमदत्तका नगर संयोजक जयानन्द बडुको सभापतित्व रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले समाज र परिवारमा वृद्ध वृद्धाका परिवारलाई जनचेतना फैलाउने उद्देश्यले जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए। त्यसैगरी नगर संयोजक जयानन्द बडुले उक्त कार्यक्रम जिल्लाका विभिन्न पालिकामा गएर सञ्चालन गरिने बताए। उनले भने ‘हामि यो जनचेतनामूलक कार्यक्रम लगभग कञ्चनपुरका सबै पालिकामा गर्नेछौँ र यसको मुख्य उद्देश्य समाज र परिवारमा जनचेतना फैलाउने रहेको छ।’
जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रमका प्रशिक्षक बिरेन्द्र सिह साउदले ज्येष्ठ नागरिकको भूमिका र उत्तरदायित्व. ज्येष्ठ नागरिकको परिवार भित्र मात्रै नभएर समाजमा रहेको महत्वपूर्ण भूमिका, ज्येष्ठ नागरिकका छोराबुहारी, नातिनातिना प्रतिको उत्तरदायित्व लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने बताए। भम्केनी धाम मूल समितिका महासचिव करन भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका क्षेत्रिय सदस्य पदम बहादुर बमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)