कञ्चनपुर : जनज्योति बहुमुखी क्याम्पसका प्राध्यापक एवम् पूर्व सहायक क्याम्पस प्रमुख बिरेन्द्र सिह साउद सम्मानित भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका ८ भम्केनी धाममा राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० मा साउदलाई सम्मान गरिएको हो।
साउदलाई ज्येष्ठ नागरिक समाज नेपालको विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको जनाइएको छ। साउद जिल्ला व्यापी जनचेतनामूलक कार्यक्रम २०८० मा प्रशिक्षक रहेर विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
उनले ज्येष्ठ नागरिकको भूमिका र उत्तरदायित्व. ज्येष्ठ नागरिकको परिवार भित्र मात्रै नभएर समाजमा रहेको महत्वपूर्ण भूमिका, ज्येष्ठ नागरिकका छोराबुहारी, नातिनातिना प्रतिको उत्तरदायित्व लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
