सहकारी ऐन नियमावली विषयक एकदिने सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर : सहकारी ऐन नियमावली विषयक एकदिने सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका सञ्चाकर्मीहरु संग सहकारी ऐनमा व्यवस्था भएका विषयमा अन्तरक्रिया गरिएको हो । संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने सहभागीहरुले बताएका छन् । पछिल्लो समयमा विभिन्न सहकारीहरुले समुदायमा दिएका रिणहरुले उचित प्रयोग नभएपछि सहकारीहरु पनि समस्यामा पर्ने पैसा खाएर सदस्यहरु भाग्ने कारण ले पनि सहकारीहरु समस्यामा परेको पाईएको छ ।

सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने सहभागी सञ्चाकर्मीहरुले बताएका थिए । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पूँजि परिचालन गरी थप आयआर्जन गर्ने, वचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले बताए । उनले एक दुई सहकारीले गरेको गल्तीले सबै सहकारीहरु ठग भएको भन्न नमिल्ने र सहकारी क्षेत्रको योगदानलाई स्मरण गरेर सहकारी संचालन गर्नमा सबैले साथ र सहयोग गर्न आग्रह गरे । सहकारीका सदस्यहरुले व्यापार व्यवसाय गर्ने ठाँउमा सहकारी आफैले व्यापार व्यवसाय गरेर नै पछिल्लो समयमा केही सहकारी हरु डुबेको बताए ।

ताजा समाचार