भीनपाद्वारा दादुरा रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम

कञ्चनपुर : राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियान सम्बन्धी नगरपालिका स्तरीय खोप समन्वय समिति र सरोकारवाला सँग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियान फाल्गुन १३ गते बाट शुरु भई फाल्गनु २२ गते सम्म १० दिन चल्ने छ ।

भीमदत्तनगरपालिकाका १९ वटैं वडामा दादुरा रुबेला खोप अभियान चल्ने छ । ९ महिना देखि १५ वर्ष सम्माका सबै समुदायका बालबलिकालाई दादुरा रुबेला खोप दिइने छ । भीमदत्तनगरपालिकामा रहेका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरुमा विहान १० बजे देखि बेलुका ४ बजे सम्म खोप दिईने छ । ‘करिब ४० हजार बालबालिकालाई दादुरा रुबेलाको खोप दिईने भीनपाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जाशीले बताए । उनले भने ‘भीनपाका हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन हुने सबै विद्यालयमा खोप दिई सकेपछि भीनपामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर दादुरा रुवेलाको खोप दिइने छ । एकै दिनमा मा १९ वटै वडामा खोप सञ्चालन हुनृ छ, एउटा खोप केन्द्रमा करिब २५० जना बालबालिकालाइ खोप दिईने छ ।’

भीमदत्त नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष तथा भीमदत्तनगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले कुनै पनि ९ महिना देखि १५ वर्ष सम्मका बाल बालिकालाई दादुरा रुबेलाको खोप लगाई अभियानलाई सफल पार्न आग्रह गरे ।
१ दिने अभिमुखिकरण कार्यक्रम भीमदत्तनगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कावा अध्यक्ष केशव सिह विष्टको सभापतित्वमा भएको कार्यक्रममा भीनपाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जाशीले दादुरा रुबेला खोप अभियान सम्बन्धी समन्वय गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन भीनपाका स्वास्थ्य शाखाका करन ठगुन्नाले गरेका थिए ।

ताजा समाचार