दोधारा चाँदनी– ५ मा सेन्सर सडक बत्ती जडान, झलमल्ल हुने भयो सडक

दोधारा । दोधारा चाँदनी नगरपालिकाको सडकहरुमा सडक बत्ती जडान कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का बिभिन्न स्थानमा रहेका सडकहरुमा सडक बत्ती जडान गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जनाएका छन् । वडाको मुल सडक माननिय चौराह, नगरपालिका कार्यालय हुदै ईलाका प्रहरी कार्यालय सम्मका सडकहरुमा सेन्सर सडक बत्ती जडान कार्यको थालनी गरिएको वडाध्यक्ष खत्रीले बताएका छन् । सडक बत्ती जडान हुन थाले संगै स्थानीयहरु हर्षित भएका छन् । बजारको सडकमा बत्ती नहुदा रातको समयमा हिड्न समेत समस्या हुने स्थानीयहरु अहिले उज्यालोमा हिड्न पाएका छन् ।

वडाध्यक्ष केशव खत्रीले वडामा ४५ थान सेन्सर बत्ती जडान गरिने बताएका छन् । माननिय चौराह, नगरपालिका कार्यालय हुदै ईलाका प्रहरी कार्यालय सम्मका सडकहरुमा र केही अन्य सडकहरुमा समेत सडक बत्ती जडान गरिने उनले बताएका छन् । रातको समयमा झलमल्ल बत्ती बल्ने भए संगै हर्षित स्थानीयहरुले यस्तो कार्य दिगो हुनु पर्ने धारणा ब्यक्त गरेका छन् ।

रातीको समयमा गाडीको बत्तीको भरमा हिड्नु पर्ने स्थानीयलाई सडक बत्तीनै भएपछि आवातजावत गर्न सहज भएको छ् । सडक बत्ती भएपछि सडकमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधहरुमा कमी आउने स्थनीयको विश्वास छ् । उक्त सडक बत्तीको जडानको जिम्मा जिडी आईडिया ग्रुपले लिएको छ् ।

 

ताजा समाचार