मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक सम्पन्न

गुलरिया : मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक कृष्णपुर नगरपालिकामा बिहिबार सम्पन्न भएको छ । कृष्णपुर नगरपालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक द्रोपती रानाको अध्यक्षतामा सुरु भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र बाल श्रमशोषणकालागि आफन्त नेपालले कृष्णपुर नगरपालिकामा गरिरहेका कार्यक्रमहरु र संस्थाले कृष्णपुर नगरपालिका भित्रबाट मानव बेचबिखन तथा ओसारपसार र बालश्रमकाृे जोखिममा रहेकोलाई गरिएको अवरोध,उद्धार उनिहरुलाई प्रदान गरिरहेको सीपमुलक तालिमको बिवरण आदी बारे प्रस्तुती गरेका थिए ।

बैठकमा नगर उप–प्रमुख द्रोपती रानाले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण र बालश्रम रोकथामकालागि आफन्त नेपाल संस्थाले पालिकामा गरिरहेको कामबारेमा आफहरु जानकार रहेको बताउदै, ‘मानव बेचबिखन र बालश्रमको जोखिममा रहेका महिला तथा बालबालिकालाई अवरोध र उद्धार गरेपछि पदान गरिदै आएको सीपमुलक तालिम पश्चात सिकेको सीप ब्यवहारमा प्रयोग गर्नकालागि उनिहरुलाई जिविकोपार्जन गर्न बिउँपुजी रकम प्रदान गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘संस्थाले जोखिमबाट अवरोध र उद्धार गरेर स्थानिय जनप्रतिनिधिको रोहोवरमा पारिवारिक पुनर्मिलन गरेको छ, उनिहरुलाई सिपमुलक तालिम पनि दिईरहेको छ यो आफैमा निकै राम्रो काम छ, अव संस्थाले सिपमुलक तालिम दिएका सहभागिलाई बिउपुँजी रकम प्रदान गरेर उघम तथा ब्यावशाय गर्नकालागि सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मान बहादुर केसी, सुचना अधिकारी प्रेम बोगटी, शिक्षा शाँखा प्रमुख अनिता ढुंगाना, जनस्वास्थ्य निरिक्षक सिर्जना शाह, महिला बिकास निरिक्षक द्धय माला गौतम र चन्द्रा तिमिल्सिना, कार्य पालिका सदस्य आरती धामी बोहरा, ईलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी हवल्दार कल्याण गिरी लगायतले कृष्णपुर नगरपालिकामा मानव बेचबिखन र बालश्रमको अवस्था तथा संस्थाले गर्नु पर्ने कार्यहरुबारे आआफ्नो धारणा ब्यक्त गरेका थिए । त्यसका अतिरिक्त नगरप्रमुखका सचिवालय सचिव हरी बहादुर गैराल, उपप्रमुखका सचिवालयका डबलसिंह राना लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आफन्त नेपालको समन्वयमा आयोजित बैठकमा, आफन्त नेपालले गरिरहेको कार्यक्रम बारे जानकारी दिने, कृष्णपुर नगरपालिकामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रमको अवस्था, चुनौती र नियन्त्रणका उपायहरु बारे छलफल गर्ने उद्धेश्यले कार्यक्रमले बैठक गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

ताजा समाचार