कञ्चन विद्या मन्दिर विद्यालय/ सामुदायिक कलेजको बार्षिकोत्सव सम्पन्न

कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरपालिका स्थित रहेको कञ्चन विद्या मन्दिर विद्यालय / सामुदायिक कलेजको बार्षिकोत्सव सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित कञ्चन विद्या मन्दिर मा.वि.को ४४ औं तथा कञ्चन विद्या मन्दिर सामुदायिक कलेजको १४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस संयुक्त रुपमा भव्य रुपले सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्रमुख समन्वयकर्ता डा. राजकुमार साउदले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक स्तर बृद्धिमा जोडदिए । प्रमुख समन्वयकर्ता साउदका अनुसार शिशुदेखि स्नाकोत्तरसम्म झण्डै ३ हजार विद्यार्थी रहेका छन । भने भावि दिनमा प्राविधिक शिक्षाका कार्यक्रम संचालन गरिने योजना रहेको बताए । प्रमुख समन्वयकर्ता साउदले ०३६ सालमा स्थापना भएको विद्यालयको शैक्षिक स्तरबृद्धि क्रमस भईरहेको बताए । भावि दिनमा समेत शैक्षिक स्तर थप बृद्धि गर्दै विद्यार्थीको भविष्यको कामना गरेका छन । साझ“ ५ बजे उक्त समारोहका सभापति तथा कलेज सञ्चालक समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीले आÏनो मन्तव्यमा कलेज र विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै कञ्चन विद्या मन्दिर मा.वि. र कलेजलाई सहयोग गर्नुहुने सम्पूर्ण शिक्षा प्रेमी, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीवर्गलाई धन्यवाद दिदै“ कार्यक्रम समाप्त भएको घोषणा गर्नुभयो । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृतका साथै विवित कला, साहित्य एव नृत्य प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख शिक्षाका अगुवा नरेन्द्र भण्डारी रहेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार