यातायात मजदुरलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर : यातायात मजदुर र यातायात ब्यावसायिहरुलाई मानव बेचबिखन तथा ओसारपसार र बालश्रम शोषण बिरुद्ध बुधबार महेन्द्रनगरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । आफन्त नेपालको आयोजनामा भिमदत्त नगरपालिकाको महेन्द्रनगर बाट गड्डाचौकी सम्म चल्ने अटो, ई रिक्साका चालक र भारतका बिभिन्न शहरमा चल्ने बसका चालक, सहचालक र सवारी धनीहरुलाई मानव बेचबिखन, बालश्रम शोषणको अवस्था र मानव बेचबिखन तथा ओसार पसार र बाल श्रमशोषण रोकथामका लागि यातायातकर्मीहरुको भुमिका बारे अभिमुखिकरण गरिएको हो । महेन्द्रनगर बाट चल्ने बस, अटो, ई–रिक्सा र बसका चालक तथा सह–चालक र सवारी धनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार र बाल श्रमशोषण लगायतका मुद्दाहरूमा सम्बेदनशील बनाउने, मानव बेचबिखन तथा ओसारपसार र बाल श्रमशोषणको घट्ना तथा अवस्था देखिएमा रिपोर्टिंग केशहरुकालागि यातायात मजदुर तथा सवारी साधनका धनीहरुको भुमिका बारे छलफल गर्ने र रिपोर्टिङ्ग प्रक्रियालाई सुदृढिकरण गर्ने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

अभिमुखिकरण कार्यक्रममा नेपाल यातायात मजदुर संघका जिल्ला सदस्य करन सिंह ऐरी, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका जिल्ला सचिव नर बहादुर चन्द, अखिल नेपाल यातायात मज्दुर संगठनका अध्यक्ष देवराज भट्ट र कञ्चनपुर जिल्ला ईन्चार्ज पदमराज जोशी लगायतले मानव बेचबिखन तथा ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न यातायातकर्मीहरुले खेल्नु पर्ने भुमिकाका बारेमा आ–आफ्नो भनाई राखेका थिए । नेपाल यातायात मजदुर संघका सदस्य करनसिंह ऐरीले अभिमुखिकरण कार्यक्रममा मानव बेचबिखनको अवस्था र यसका बिरुद्ध धेरै कुराहरु सिक्न पाईएको बताउदै, मानव बेचबिखन रोकथामकालागि आफ्नो संघमा आवद्ध यातायात मजदुरले सक्दो प्रयास गर्ने बताउनु भयो । उहाँले अगाढी भन्नु भयो, ‘यहाँ सिकेको कुरा आफ्नो बैठकमा जानकारी दिनेछु र मानव बेचबिखन र बाल श्रम शोषण रोकथामकालागि आफ्नो ंसंघ सदैव भुमिका खेल्ने र मानव बेचबिखन बिरुद्ध कार्यरत संघसंस्थाहरुसंग समन्वयमा रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो’ ।

त्यसैगरी, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका सचिव नरबहादुर चन्दले मानव बेचबिखन जघन्य अपराध भएकोले यसलाई अन्त्य गर्नु सवै नागरिकको कर्तब्य भएको बताउदै भन्नु भयो, ‘सामाजलाई चलायमान बनाउने यातायातकर्मीहरु पनि मानव बेचबिखन बिरुद्ध सचेत र जागरुक हुनु जरुरी छ, यस कार्यक्रमबाट धेरैकुराहरु सिक्ने अवशर प्राप्त भएको छ, यहाँ सिकेको कुराका सन्दर्भमा शंकास्पद केश तथा सन्दर्भ भेटीएमा मानव बेचबिखन बिरुद्ध कार्यरत संघसंस्थाहरु, टोल फ्री नम्वर र स्थानिय प्रहरी कार्यालय तथा बाल हेल्पलाईनमा सम्पर्क गरी सुचना दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मन्तब्य राख्ने क्रममा अखिल नेपाल यातायात मजदुर संगठन कञ्चनपुरका जिल्ला इन्चार्ज पदमराज जोशी ले मानिसमा सिकाई निरन्तर चलिरहने प्रक्रिया रहेको बताउदै भन्नु भयो, ‘यहाँ मानव बेचबिखन र यसको अवस्था बारे धेरैकुराहरु सिक्न पाईयो, जुन निकै सान्र्दभिक र महत्वपुर्ण छ, अहिले मानिसहरु निकै स्वार्थि बन्दै गईरहेका छन, यस्तोमा अपराधिक प्रबृतिका मानिसहरुले मानव बेचबिखन जस्तो जघन्य अपराध पनि गरिरहेको देखिन्छ, सुनिन्छन, त्यसैले यातायात मजदुरहरुले पनि यस प्रकारका सम्भावित जघन्य अपराधलाई रोकथाम गर्न र त्यस्ता र्शकालाग्ने गतिबिधि वा क्रियाकलाप देखिएमा सम्वन्धीत संस्था वा कार्यालयमा सुचना सम्प्रेषण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा, अटो चालक, महेन्द्र बहादुर चन्दले आफुहरुले अटो चलाउदा, आफन्त नेपालको गड्डाचौकी बिटमा अटो रोकी सोिधपुछ गराउने गरेको बताउदै भन्नु भयो, आगामी दिनमा अझ सचेत भएर, अटोमा बसेका सिमापार जान लागेका यात्रुहरुको गतिविध निगरानी गरिने र शंकास्पद देखिएमा सुचना संप्रेषण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा बालश्रम, बालश्रम शोषण, स्थानागमन, मानव बेचबिखन र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, बेचबिखनका कारणहरु, मानव बेचबिखन तथा ओसारपसार बाट जोगिने उपायहरु, मानव बेचबिखन र बालश्रम शोषणको रोकथामकालागि यातायातकर्मीहरुको भुमिका, बाल हेल्पलाईन सेवा, बेचबिखनको जोखिम भएमा, जोखिम अवस्थाबारे थाहा भएमा रिपोर्टिंग गर्ने सयन्त्र र ततसम्वन्धी संस्थाहरुको बारेमा अभिमुखिकरण गरिएको कार्यक्रमका सहजकर्ता तथा आफन्त नेपालको कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए । युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

ताजा समाचार