वाणिज्य सघको वक्तृत्वकला प्रतियोगितामा घटाल माविकी छात्रा पनेरु प्रथम


कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना गरिएको माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकलामा घटाल माध्यमिक विद्यालयकी छात्रा अन्जु पनेरु प्रथम भएकी छिन । वाणिज्य संघले ७४ औँ प्रजनन्त्र दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बेदकोट नगरपालिका ७ सुडा स्थित घटना माविकी छात्रा पनेरु प्रथम भएकी हुन । द्वितियमा युनाईटी माविकी छात्रा अन्बी भट्ट, तृतियमा वात्सल्य विद्या निकेतनकी छात्रा साधन पोखरेल भएकी छिन ।

सान्त्वना तर्फ राष्ट्रिय मावि पुनर्वासकी शनि रेग्मी र सिद्धार्थ पब्लिक स्कुल पुनर्वासका सयस कार्की भएका छन । निर्णायक तर्फ शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका प्रमुख दिपकराज कलौनी, अधिकृतद्वय रुपराम तिरुवा, राजेन्द्र भट्ट रहेका थिए । वक्तृत्वकलाका विजेताहरुलाई क्रमस ५, ३, २, १/१ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागिहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने र व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका दुर्गा दत्त बोहोराले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास निकै सहयोग गर्ने बताए। साथै उनले विद्यार्थीहरूलाई प्रजातन्त्रको इतिहास सम्बन्ध जानकारी समेत गराए। उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव खगेश्वर बोहराले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका १८ विद्यालय सहभागि रहेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img