धनगढी : ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीको ६७ औं वार्षिकोत्सव तथा ४७ औ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। सोमबार आफ्नै नवनिर्मित सभा हलमा एक बिशेष समारोह को आयोजना गरि पुस्तकालयले भाषा, साहित्य, संस्कृति, शिक्षा र समाजसेवाका क्षेत्रमा योगदान पुर्याऊने बिशिष्ट व्यक्तिरूलाई २०८० को राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित गर्दै बार्षिकोत्सव सम्पन्न गरेको हो । सम्मानित हुनेमा शिव बीमा राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट शिक्षाविद् प्रा।डा हेमराज पन्त, सावित्री (कमल राष्ट्रिय लोक संस्कृति पुरस्कारबाट डा.तुलसीराम खनाल (स्याङ्जा) पूर्णकृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कारबाट डा.पुष्करराज भट्ट,दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट सह प्रा।गणेशराज जोशी,यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट मुकुन्द भण्डारी,भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कारबाट समाजसेवी गजेन्द्रसिंह धामी सम्मानित भएका छन्।

यसैगरि ईश्वरी पार्वती प्रादेशिक प्रतिभा पुरस्कारबाट भवानीदत्त अवस्थी रोशन,सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट उमेश अवस्थी आदर्श,हर्ष (पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कारबाट लोकगायिका हेमन्ता भट्टराई,तिलोत्तमा राष्ट्रिय शैक्षिक साधना पुरस्कारबाट किरण पौडेल आचार्य, चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कारबाट टेकबहादूर रैका, उदय (दुर्गा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कारबाट मीना पन्त (कञचनपुर) र कैलाली जनपुस्तकालय उत्कृष्ट पाठक पुरस्कारबाट जगतप्रसाद जोशी (बझाङ) सम्मानित भएका छन्। कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सरकारका प्रमुख सचिब डा।हरिप्रसाद लम्साल, शिक्षाविद् डा।हेमराज पन्त र कैलाली जनपुस्तकालयका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टी.एन. जोशीले पुरस्कृत ब्यक्तित्वलाई नगद पुरस्कार, अभिनन्दनपत्र एबम् दोसल्लाबाट सम्मानित गरेका थिए। यसैगरि समारोहमा राष्ट्रिय शिक्षा सेवा सम्मानबाट प्राध्यापक शिवराज श्रेष्ठ र कैलाली जनपुस्तकालय विशिष्ट राष्ट्रसेवक सम्मानबाट प्रमुख सचिब डा।हरिप्रसाद लम्साललाई सम्मानित गरियो।

कार्यक्रममा पुस्तकालयले पहलमानसिंह स्वार स्मृति सम्मानबाट डा।टेकराज पन्तलाई, देवकान्त लोक साहित्य सम्मानबाट लोकगायिका कृष्णा सिराडीलाई ,दशरथ चन्द स्मृति सम्मानबाट गणेशप्रसाद जोशी, बद्रीनाथ स्मृति राष्ट्रिय सम्मानबाट समाजसेवी तीर्थराज पन्त र विशिष्ट नारी प्रतिभा सम्मानबाट विमला पन्त ओझा र द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानबाट तुलसी देवकोटालाई सम्मानित गरियो। समारोहमा शिव९बीमा जेहन्दार छात्रबृत्ति पुरस्कारबाट बिद्यार्थीहरू प्रबिन चन्द र लिलाधर भट्टलाई नगदसहित सम्मानित गरियो। कैलाली जनपुस्तकालयका अध्यक्ष डा।टीएन जोशीको अध्यक्षतामा भएको समारोहमा विशिष्ट अतिथि प्रमुख सचिब डा.हरि लम्साल, शिक्षाविद् डा।हेमराज पन्त, डा।टेकराज पन्त, डा।तुलसी प्रवास खनाल, डा.पुष्करराज भट्ट, नाष्ट कलेजका प्रा।शिवहरि मुडभरी लगायतले लार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए। समारोहमा पुस्तकालयका सचिब टंकप्रसाद जोशीले वार्षिक प्रतिबेदन र कोषाध्यक्ष शेरसिंह खड्काले आयव्यय प्रस्तुत गरेका थिए। उपाध्यक्ष शिवराज ओझाले स्वागत गर्नु भएको समारोहमा बिबिध सांस्कृतिक् प्रस्तुति रहेका थिए।

उक्त कार्यक्रममा सभापति कैलाली जनपुस्तकालयका अध्यक्ष तथा प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टी एन जोशीले पुस्तकालयलाई डिजिटल तथा स्मार्ट लाइब्रेरीको रूपमा विकास गर्न कार्य भैरहेको जानकारी दिए। कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सरकारका प्रमुख सचिब डा।हरि लम्सालले सामुदायिक पुस्तकालयहरूको विकासमा प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै पछिल्लो समय मा हराउँदै गएको पठन सस्कृती पुर्नस् उत्थानमा सबैले जोड दिनुपर्ने आवश्यकता औंल्याए ।










