दोधारा । दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बिशाल आमसभामा वडाध्यक्ष सम्मानित भएका छन् । दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बिशाल आमसभामा दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्द र वडा नं. ५ का वडाध्यक्ष केशव खत्री सम्मानित भएका छन् । वडाध्यक्षलाई राप्रपाका प्रबक्ता तथा आमसभाका प्रमुख अतिथी ज्ञानेन्द्र शाहीले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

आफुले वडाध्यक्ष पदमा रहेर पाउदै आएको तलव भत्ताबाट गरिब, बिपन्न तथा सामाजिक कार्यमा खर्चेको भन्दै वडाध्यक्षद्धय बिक्रम चन्द र केशव खत्रीलाई सम्मान गरिएको राप्रपा दोधारा चाँदनी नगर अध्यक्ष बिर बहादुर शाहले बताएका छन् ।







