प्रजातन्त्र दिवसको अवसरमा मैत्री शिक्षक भलिबल प्रतियोगिता


खडक ब. काेली / कञ्चनपुर : नेपाल राहत शिक्षक भीमदत्त नगर समिति कञ्चनपुरले प्रजातन्त्र दिवसको अवसरमा मैत्री शिक्षक भलिबल प्रतियोगिता कञ्चनपुरको कबड्डी हलमा उद्घाटन गरेको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मैत्रीपूर्ण प्रतियोगिताको उद्घाटन भिमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले गरेकी छन् उनले खेल स्वास्थ्यको लागि फाईदाजनक भएकाे बताउदै आयाेजकलाई धन्यवाद समेत दिएकी छन।

विशिष्ट अतिथिमा नेपाल राहत शिक्षकका केन्द्रीय सदस्य गोविन्द ढाँट राष्ट्रिय भलिबल प्रशिक्षक जगदीश प्रसाद भट्ट जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनी र जिल्ला खेलकुदका कार्यालय प्रमुख रहेको कार्यक्रमका सभापति एवम नेपाल राहत शिक्षक भीमदत्तनगर समिति कञ्चनपुरका अध्यक्ष जगत धामिली बताएका छन्। अध्यक्ष हामीले नौवटा टिम सहभागी रहेको खेलमा लिग सिस्टमद्वारा खेलाइने र खेलमा प्रथम पुरस्कार १० हजार द्वितीय ८ हजार तृतीय ६ हजार चौथो हुनेलाई ४ हजार रहेकाे छ।

५ गते उद्घाटन भएको खेलमा छवटा टिमहरूकाे प्रतिस्पर्धा भएकाे थियाे जस मध्ये पूर्णामावि ऐलीले सुदूरपश्चिम विश्वविद्यालय कम्प्युटर विज्ञान संकयलाई पराजित, शान्ति निकेतन मावि ऐठपुरले सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र संकायलाई, माहाकाली जनसेवा मावि हल्दुखालले लक्ष्मी मावि खैरबट्टीलाई, बैजनाथ सिद्धनाथ मावि मटैनाले महेन्द्र मावि महेन्दनगर साधारण , शान्ति निकेतन मावि ऐठपुरले बैजनाथ सिद्धनाथ मावि मटैनालाई पराजित गरेकाे छ भने सुदूरपश्चिम विश्वविद्यालय कम्प्युटर संकायले महाकाली जनसेवा माविलाई पराजि गरेका छन उद्घाटन समारोहमा भएका खेलमा शान्तिनिकेत माविर शान्ति निकेतन मावि अग्रपंक्तिमा रहेको अध्यक्ष धामिले बताए भलिबल प्रतियोगिताले विद्यालय शिक्षक कर्मचारीबीच सुमधुर सम्बन्ध रहने धामिकाे भनाई रहेकाे छ।


ताजा समाचार

spot_img