दोधारा । बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्व तयारीलाई थप प्रभावकारी बनाउन नगरपालिकाका सबै वडाहरुमा घरधुरी स्तरीय विपद् जोखिम नक्साकंन हुने भएको छ् । नगरपालिकाका वडा नं. ८, ९ र १० मा गत वर्ष नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर र डिसीएको साँझेदारीमा संचालित ‘बि–रेडी’ परियोजना मार्फत नक्साकंन सम्पन्न भईसकेको हो । वडा न. ६ र ७ मा डिसीए, नक्सा प्राली. र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा संचालित जिएसएमए परियोजना मार्फत हाल तथ्यांक संकलनका लागि घरधुरी सर्वेक्षण भईरहेको छ् । बाँकी रहेका वडाहरु १, २, ३, ४ र ५ मा दोधारा चाँदनी नगरपालिका र डिसीए, नक्सा प्राली. र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा संचालित एडिपीसीआईकेयर परियोजनाको सह–लगानीमा नक्सांकनको कार्य गर्न सम्झौता भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

वडा नंं. १ र ३ को संपूर्ण लागत परियोजनाले व्यहोर्ने छ् भने २, ४ र ५ मा गणकहरुको पारिश्रमिक नगरपालिकाले व्यहोर्ने र अन्य खर्च परियोजनाले गर्ने भएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए । कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीको ३ सय भन्दा बढी प्रश्नहरुको आधारमा विपद् जोखिम नक्सांकन गरिने बताईएको छ् । त्यसका लागि गणकहरु नियुक्त गरी अभिमुखिकरण समेत सम्पन्न गरिएको हो । प्रत्येक घरधुरीलाई विभिन्न सामाजिक, आर्थिक, वातावरणीय, भौतिक गरी ६० वटा सूचकहरुको आधारमा वर्गीकरण गरिएको छ् ।

नक्सांकन भए्पछि प्रत्येक घरहरुलाई विपद् जोखिमको हिसाबले उच्च, माध्यम र सामान्य जोखिम गरी रातो, पहेंलो र हरियो रंग ले नक्सांकन गरिनेछ् । नक्सांकन र पहिचान भएपछि विपद् अग्रिम प्रतिकार्य गर्न र राहत वितरण लगाएतका कार्यहरु गर्न सहज हुने परियोजनाले अपेक्षा लिएको छ् ।

संकलित तथ्यांक नगरपालिकाको डिजिटल प्रोफाइलको रुपमा समेत प्रयोग गर्न सकिने बताईएको छ् ।






