दोधारा । दोधारा चाँदनी नगरपालिकामा राप्रपाको बृहत आमसभाको तयारी अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बृहत आमसभाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता केशव खत्रीले जनाएका छन् । आमसभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री कुन्ती शाही लगाएत केन्द्रिय तहका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कृशव खत्रीले बताएका छन् । आमसभालाई सभ्य तथा भब्य बनाउन राप्रपाका प्रदेश अध्यक्ष धर्मराज जोशी, पार्टी केन्द्रिय सह–प्रबक्ता पुर्ण बहादुर चन्द, पार्टी जिल्ला अध्यक्ष गजेन्द्र चन्द लगाएत नेताहरु दोधारा चाँदनी नगरपालिका क्षेत्रमा केन्द्रित भएका छन् ।

राप्रपा दोधारा चाँदनी नगर कार्यसमितिको आयोजनामा हुन लागेको बृहत आमसभालाई ऐतिहासिक बनाउन राप्रपाका नेता तथा कार्यर्ताहरुलाई भेट्न घरदैलो कार्यक्रम समेत संचालन गरेका छन् । हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश खारेजका लागी आमसभाको आयोजना गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा आउदो फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवसको दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आमसभा गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले जनाएको छ् ।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजिविकाको सवालमा ती दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बारेमा आमसभाको मुख्य बिषय बस्तु हुने बताईएको छ् ।

मुलुकमा भ्रष्टाचार, बेथिति बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसका विरुद्ध दोधारा चाँदनी नगरपािलका क्षेत्र लगाएत देशभरी आमसभा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।






