गुलरिया : मानव बेचबिखन तथा बालश्रम शोषण रोकथामकालागि आफन्त नेपाल द्धारा गठित निगरानी समुहको बैठक गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिकामा क्रमश बिहीबार र शुक्रबार सम्पन्न भएको छ ।


गोदावरी नगरपालिका स्तरिय निगरानी समुहका संयोजक रमेश बोगटीको अध्यक्षतामा भएको बैठकमा निगरानी समुहले बिगत दुई महिनामा गरेका कार्यको समिक्षा तथा आगामी कार्य योजना बारे छलफल भएको थियो । साथै स्थानीय सरकारको योजना तर्जुमा गर्ने क्रममा वडाबाट गरिने बस्ती स्तरिय योजना छनौटका क्रममा निगरानी समुहका पदाधिकारीले आर्थिक बर्ष २०८१÷८२ कालागि समुदाय स्तरमा नै मानव बेचबिखन र बालश्रमशोषण बिरुद्ध जनचेतना अभिबृद्धिकालागि कार्यक्रम योजना तर्जुमा गर्न माग गर्ने निर्णय पारित गरेका छन ।


त्यसैगरी शुक्रबार कृष्णपुर नगरपालिका स्तरिय निगरानी समुहको बैठक वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिंह साउदको प्रमुख आथित्वमा सम्पन्न भएको छ । बैठकमा निगरानी समुहले अहिले सम्म गरेका कार्यको समिक्षा र आगामी योजना तथा योजना कार्यान्वयन गर्ने रण्निति तय गरेको छ । साथै निगरानी समुहले स्थानिय सरकारलाई मानव बेचबिखन र बालश्रमशोषण नियन्त्रणकालागि योजना तथा कार्यक्रम तर्जुमा गर्न बस्ती स्तरको योजना छनौटका क्रममा योजना बनाउन र वडा भेलाबाट पास गर्न गराउन जोरदार माग गर्ने निर्णय समेत गरेको छ । त्यसै क्रममा कृष्णपुर नगरपालिका स्तरिय निगरानी समुहको पुनर्गठन गरिएको छ ।


मानव बेचबिखन र बालश्रम शोषण रोकथाम गर्नकालागि आफन्त नेपाल द्धारा गठित निगरानी समुहले बिगत दूई महिनामा गरेका कार्यको समिक्षा गर्ने, आगामी दुई महिनाकालागि कार्य योजना बनाउने र योजना कार्यान्वयनकालागि आवश्यक रणनिति निर्माण गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

उहाँका अनुसार आफन्त नेपालले भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको बालश्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत समुदायका अगुवा, बिद्यालय शिक्षक, आमा समुहका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा क्लव, बालक्लव सञ्जाल र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा मानव बेचबिखन तथा बालश्रम शोषण रोकथामकालागि निगरानी समुह गठनगरी परिचालन गर्दै आई रहेको छ । निगरानी समुहले हरेक दुई महिनामा गरेको कामको समिक्षा गर्ने र आगामी योजना बनाई कार्यान्वयन गर्दै आईरहेको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।










