कञ्चनपुर : बास ने कञ्चनपुर पालशाखाको आयोजनामा ‘पब्लिक स्पिच कञ्चनपुर’ को दोस्रो सिजनको पहिलो राउण्ड आज सम्पन्न भएको छ । जिल्ला भरीका विभिन्न कलेज र विद्यालयलाई मध्यनजर गरि फागुन ४ गते ‘पब्लिक स्पिच कञ्चनपुर दोस्रो सिजनको पहिलो दिन छनोट प्रतियोगिता सम्पन्न भएको हो । जम्मा २९ जना प्रतियोगिको सहभागि रहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशमा आर्थिक विकासको सम्भावना, भ्रष्टाचार नियन्त्रणमा नागरिकको भुमिका, बढ्दो बेरोजगारी आजको समस्या र यसको समाधान लगायत ३ वटा बिषयहरु राखिएको थियो ।
बास नेपाल कन्चनपुर शाखाका उपाध्यक्ष कृष्ण सिह धामीले स्वागत गरेको कार्यक्रमका सभापती चक्र प्रसाद पन्त प्रमुख अथिती जिल्ला समन्वय समितिका कन्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए भने अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सहायक डिन हरि शंकर पन्त, सोही विश्वविद्यालयका उपप्राध्यापक रमेश कुमार साउद र भिमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र को उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सभापती पन्तले युवामा नेतृत्वको क्षमताको विकास गर्ने, कला कौशल र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले रहेको बताउनु भयो । समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा ज्युले बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न उपयुक्त पब्लिक स्पिच बन्ने जनाए |
यस्ता खुल्ला प्रतियोगिताले प्रतिभावान बिद्यार्थीहरुलाई मञ्च प्रदान गर्ने भन्दै यस्ता कार्यक्रमहरुमा जिल्ला समन्वय समितिले आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता गरेका थिए लुकेर रहेका प्रतिभा प्रदर्शन गर्न बास नेपाल कञ्चनपुर शाखाले खेलेको भुमिका अतुलनीय रहेको छ यस्ता क्रिर्याकलापहरुले मानिसको व्यक्तित्व विकास गर्ने कुरा रहेको उनले बताउनु भयो । कार्यक्रममा निर्णायक समितिका संयोजक विश्वविद्यालयका सहायक डिन हरीशंकर पन्तले बोल्नेको मुठीमा संसार रहेको र यस्ता स्टेज कार्यक्रमहरुले विध्यार्थीहरुमा बाह्रय ज्ञानको वृद्धि हुने कुरा राख्नुभएको थिए ।
पब्लिक स्पिच कञ्चनपुरको दुई चरणमा सम्पन्न हुनेछ आज प्रतियोगिताको पहिलो चरण अर्थात अडिसन राउण्ड फाल्गुण ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो । अडिसन राउण्डमा सहभागि २९ जना प्रतियोगी मध्ये १५ जना पहिलो चरणबाट नै बाहिरीएका छन भने १४ जना प्रतियोगी फिनाले राउण्डका लागि छनोट भएका छन । उक्त फिनाले राउण्ड यहि फागुन ९ गते हुने भनिएको छ । बास नेपाल कञ्चनपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा बिग एजुकेशन कन्सल्टेन्सी मुख्य प्रायोजन रहेको थियो भने कार्यक्रममा बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका, भिमदत्त नगरपालिका, आगन डेरी, विपिन बुक्स एण्ड स्टेशनरी हाउस, पछ्याण वेयर्स, ज्ञान भण्डार, चौलानी पुस्तक पसल, जिवी आइडल ग्रुप, अरुण रेष्टुरेन्ट एण्ड मःम हाउस, बर्गर हाउस र टिमयुज लगायतको सहकार्य रहेको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयका सहायक डिन हरि शंकर पन्त, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रमेश कुमार साउद र भिमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र सहित ३ जना निर्णायक रहेको कार्यक्रमको संचालन बास नेपाल कञ्चनपुर शाखाका निवर्तमान अध्यक्ष पुस्कर राज पन्तले गरेका थिए । उक्त कम्पिपटशनमा प्रथम हुनेलाई १२ हजार, दोश्रो हुनेलाई ८ हजार तेश्रो हुनेलाई ५ हजार र सान्तोना लाई २५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ साथै ट्रफि र प्रमाणपत्र पनि प्रदान गरिनेछ । भने पब्लिक च्वाइस अवार्ड ५००० रहेको छ । कार्यक्रममा एक सय भन्दा बढिको उपस्थितिको रहेको थियो ।










