कञ्चनपुर : `विभेदरहित हिंसारहित सम्मानित समाज´ भन्ने मुल नाराका साथ संजीवनि नेपाल कञ्चनपुरले स्थानीय निकाय तथा साेकारवालाहरू संग समन्वय सहकार्य कार्यक्रम सम्पन्न गरेकाे छ।

विभेदरहित हिंसारहित सम्मानित समाज निर्माणको लागि स्थानीय निकाय तथा सरोकारवालाहरु संग समन्वय सहकार्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मार्फत् समाजमा विद्यमान महिला हिँसा बिरुद्ध एकबद्ध भएर न्याय दिलाउने, महिलाहरूलाई उत्पादनमुखी बनाएर समाजमा स्थापित हुन सहयोग पुर्याउने उद्देश्य रहेको नितु भट्टले बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जाेशीले महिला हकहितकाे लागि पैरवी गर्दै आई रहेकाे यस संजिवनी नेपालले निकै ठुलाे भुमिका निर्वाह गरेकाे बताउनु भयाे । भीमदत्त नगरपालिकाले महिला हकहित र उनिहरूकाे उत्थानकाे लागि सदैव लागि रहने प्रमुख अतिथि लेखकले बताउनु भयाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता संजीवनी नेपालका अध्यक्ष नितु भट्टले गर्नु भएको उक्त कार्यक्रममा भीमदत्त नगरपालिकामा रहेका बिभिन्न वडाका वडाध्यक्षहरुको सहभागि रहेका थिए। संजीवनी नेपाल कन्चनपुरको आयोजना तथा सुदुर पश्चिम पैरवी महिला संजाल कन्चनपुरको सह आयोजना रहेको कार्यक्रमलाइ टेवा काठमाडौं नेपालको सहयोग गरेको छ। कार्यक्रममा स्वागत मन्तव्य निर्मला जोशी ले स्वागत मन्तव्य राख्नु भएको थियो।











