खडक ब काेलि/कञ्चनपुर : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने भेदभाव विरुद्ध सुदूरपश्चिम समाज कैलालीको आयोजना तथा सहयात्रा नेपाल कञ्चनपुरको समन्वयमा भीनपा-४, मदनचाैक स्थीत भेटघाट चाैतारीमा सडक नृत्यनाटक गरेका छन् ।

आफुहरू माथि भइरहेको भेदभाव हटाउन सम्बन्धित निकायहरुलाई जागरुक गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरेको सुदूरपश्चिम समाज संस्थाका संयोजक राजु लामाले बताए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय तथा व्यक्तिहरूमा घरपरिवार विद्यालय र समाजबाट भेदभाव भैरहेकाेले यस्ता भेदभाव हटाउनु नेपाल सरकार तथा सम्बन्धी निकायको ध्यानाकषर्ण गर्न क्रार्यकमकाे आयाेजना गरेकाे संयोजक लामाले बताए। उनले भने हामीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि हुने भेदभाव हटाउन कैलालीका स्कुल चौराहा धनगढी बसपार्कमा समेत कार्यक्रम गरेको बताउँदै कञ्चनपुर बजारमा कार्यक्रम गरेका छन। कार्यक्रममा विभिन्न नृत्य नाटक जस्ता कार्यक्रम गरेको बताएका छन् ।











