कञ्चनपुर : सरस्वती पुजा तथा ११ औ पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरद्वारा स्टेशनरी खेलकुद सामग्री तथा मिठाई वितरण गरेको छ ।


नेपाल पुस्तक तथा स्टेशनरीका पदाधिकारी समाज कल्याण महासंघ जिल्ला शाखा कञ्चनपुरका पदाधिकारीद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई पुस्तक, स्टेशनरी समान, खेलकुद सामाग्री तथा मिठाई वितरण गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरीका पदाधिकारी समाज कल्याण महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष धर्मानन्द भट्ट, सचिव बिनोद प्र. वोगटी सचिव, प्रदेश सदस्य हरि प्र. भट्ट र सल्लाहकार नवराज भट्टको उपस्थितीमा समाज कल्याण अञ्चल बाल अनाथालयलाई प्रदान गरेका छन् ।











