कञ्चनपुर : जनयुद्ध दिवसका अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले शुक्लाफाँटा नगरपालिका ५स्थीत शिव संकर माध्यमिक विद्यालय गर्जमुनीमा सञ्चालित बौद्धिक अपाङ्गता श्रोत कक्षाका बालबालिकालाई आज ओढने न्यानो कम्बल लगायतका सामग्री उपलव्ध गराईएको छ ।
विद्यार्थीलाई न्यानो ओढने कपडाको अभाव पूर्ति गर्नका लागि सहयोग गरिएको पार्टीका नगरपालिका इन्चार्ज बहादुर सिंह महराले बताउनु भयो । उहाँका अनुसार बालबालिकालाई पढनलेख्न सहयोग पुरयाउन प्लाष्टिका कुर्सि चार थान, टेवुल एक थान, तन्ना छ थान र न्यानो कम्बल पाँच थान विद्यालयका प्रद्यानाअध्यापक बिष्णुदत्त जोशीलाई हस्तान्तरण गरिएको छ ।
रु १७ हजार मूल्य बरावरको सामग्री विद्यालयका प्रद्यानाअध्यापक जोशीलाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । बौद्धिक अपाङ्गता कक्षामा १२ जना बालबालिका पढदै आएका छन ।
महरा नगरपालिकाको वडा नं ८ का अध्यक्ष समेत हुन । उहाँले जनयुद्ध दिवसका दिन आज वडा कार्यालयमा विदा समेत दिएका छन । यसैविच, जनयुद्ध दिवसका अवसरमा झलारी बजारमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले दीपप्रज्वलन गरी सुखियाली साटासाट गरेका थिए । जनयुद्धका उपलव्धी बारे पार्टीका नेताहरुले चर्चा गरेका थिए ।










