अत्तरिया : आफन्त नेपाल कञ्चनपुरले गोदावरी नगरपालिका संग मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि कार्यक्रम योजना तर्जुमा र बजेट बिनियोजनगर्न माग गरेको छ । मंगलबार निगरानी समुहका पदाधिकारीहरुको सहभागितामा स्थानीय सरकारको योजना तथा बजेटमा मानव बेचबिखन तथा बालश्रम शोषण लगायत लैङ्गिक हिंसाको रोकथाम र जोखिममा रहेका तथा परेकाको संरक्षणकालागि आगामी आर्थिक वर्ष २०८१÷८२ को लागी कार्यक्रम योजना तर्जूमा गरी बजेट बिनियोजन गर्न गोदावरी नगरपालिकाका उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृतलाई सामुहिक रुपमा ज्ञापन पत्र बुझाई माग गरेको हो ।

ज्ञापन पत्र बुझदै, गोदावरी नगरपालिकाका उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक शारदा देबि रोकायाले नगरपालिकाले हरेक बर्ष महिला र बालबालिकालागि बजेट बिनियोजन गर्ने गरेको स्मरण गर्दै ‘मानव बेचबिखनको जोखिममा रहेका र पिडित र प्रभावितहरुलाई उद्धार गर्नु संरक्षण गर्नु स्थानिय सरकारको दायित्व भएको बताउनु भयो । ‘राज्य, स्थानिय सरकार चाहिने नै बिपन्न, पिछडिएका र हिंसा बिभेद तथा अन्यायको जोखिममा रहेका नागरिकहरुकालागि नै हो, उहाँले भन्नु भयो, स्थानिय सरकार नागरिकको अभिभावक भएकोले पनी मानव बेचबिखन, लैगिंक हिंसा र बालश्रम तथा अन्य प्रकारले सिमान्तकृत समुहको उत्थान, संरक्षण र बिकासकालागि नगरपालिकाले आगामी आर्थिक बर्षकालागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले अगाढी भन्नु भयो, मानव बेचबिखन जघन्य अपराध र बालश्रम शोषण गम्भीर प्रकृतिको अपराध भएकोले महिला तथा बालबालिका लक्षित कार्यक्रम अन्तरर्गत उपशिर्षकमा कार्यक्रम तर्जुमागरी सचेतना अभिबृद्धिकालागि बजेट बिनियोजन गरिने छ । उहाँले आफन्त नेपाल संस्थालाई पनि यस सवालमा नगरपालिका संग साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

त्यसैगरी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले महिला र बालबालिका लक्षित कार्यक्रम अन्तरगत मानव बेचबिखन बिरुद्ध र बालश्रम शोषण रोकथामकालागि कार्यक्रम तथा बजेट बिनियोजन गर्न सकिने बताउनु भयो । उहाँले भन्नु भयो, बिगतमा पनि महिला तथा बालबालिका लक्षित कार्यक्रमकालागि कार्यक्रम र बजेट बिनियोजन गरिदै आएको छ । आगामी आर्थिक बर्षकालागि संस्थाको माग अनुसार मानव बेचबिखन र बालश्रम रोकथामकालागि छुट्टै शिर्षकमा कार्यक्रम र बजेट बिनियोजन गर्ने जानकारी दिनु भयो । निगरानी समुह गोदावरीका संयोजक रमेश बोगटीले समग्रमा महिलाकालागि र बालबालिकाकालागि लक्षित कार्यक्रम भनेर कार्यक्रम तर्जुमा गर्ने गरिएको भएपनि मानव बेचबिखन बिरुद्ध र बालश्रम शोषण रोकथामकालागि अलग शिर्षकमा बजेट बिनियोजन गर्न माग गर्नु भयो । यसका साथै उहाँले बालबालिकाकाहरु लागुऔषध दुब्र्यसनमा परिरहेको बताउदै त्यसलाई रोकथाम गर्न सचेतना मुलक कार्यकालागि बजेट बिनियोजन गर्न जोड गर्नु भयो । बजेट निर्माणको पहिलो चरण सुरु भई सकेको अवस्थामा मानव बेचबिखन र बालश्रम शोषण रोकथाम गर्नकालागि कार्यक्रम तर्जुमा र बजेट बिनियोजन गराउन सरोकारवालाको ध्यानाकर्षण गरी उहाँहरुको प्रतिवद्धता लिने उद्धेश्यले ज्ञापन पत्र बुझाईएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

मानव बेचबिखन तथा बालश्रम शोषण रोकथाम गर्न सरकारको मुख्य भुमिका रहने बताउदै उनले भने, ‘मानव बेचबिखन तथा बालश्रम शोषण मानव अधिकारको जघन्य उल्लघंन मात्र नभई संगठित अपराध पनि भएको हुनाले यसलाई नियन्त्रण र रोकथाम गर्न ‘सरकारी तथा गैर सरकारी सरोकारवालाहरूको सामुहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले स्थानिय सरकारले मानव बेचबिखन नियन्त्रण र बालश्रम रोकथामकालागि सञ्चालन गर्ने हरेक कार्यक्रम सफल बनाउन आफन्त नेपाल सहयोग र समन्वय गर्न तयार रहेको कार्यक्रम अधिकृत नेपालीले बताए ।










