दोधारा चाँदनी– ४ मा पाँच दिने उद्धघोषण तालिम संचालन सम्पन्न


दोधारा । व्यक्तित्व विकासका लागि दोधारा चाँदनीमा ५ दिने उद्धघोषण तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग तथा सरस्वती सिकाई केन्द्र चाँदनीको आयोजनामा ५ दिने उद्धघोषण तालिम सम्पन्न भएको सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थीले जानकारी दिएका छन् । शनिवार एक कार्यक्रमको बिच सरस्वती सिकाई केन्द्र चाँदनी कार्यालयको सभा कक्षमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले तालिमको उद्धघाटन गरेका थियो । वडाध्यक्ष भक्त बहादुर सुनारले महिला लक्षित कार्यक्रम अन्तर्गत बजेट छुट्याएको बताउदै बजेट र कार्यक्रमको सहि रुपले सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।

५ दिने उद्धघोषण तालिमका १५ जना महिलाहरुको सहभागिता रहेको सरस्वती सिकाई केन्द्र चाँदनीले जनाएको छ् । समापन सत्रमा तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । महिला महिलाहरुलाई सक्रिय र जागरुक बनाउने साथै महिलाहरुको क्षमता अभिवृद्धिमा जोड दिने उद्धेश्यले तालिमको आयोजना गरिएको बताईएको छ् ।

समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, तथा सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थी, दोधारा चाँदनी नगरपालिका– ३ का पुर्व वडाध्यक्ष पुष्कर दत्त जोशी, वडा सदस्य गगन बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका– २ का वडा सचिव नरेन्द्र सिंह साँउद, तथा सरस्वती सिकाई केन्द्रका भुवन बिहारी पन्त, तालिमका प्रशिक्षक नर बहादुर साँउद लगाएत तालिमका सहभागीहरुको उपस्थित रहेका थिए ।

महिलाहरुले आत्मविश्वासका साथ कार्यक्रम सञ्चालन गर्न सक्ने साथै महिलाहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ् ।

 


ताजा समाचार

spot_img