पन्ध्र दिने हाते होजियारी सम्बन्धी आधारभूत तालिम सम्पन्न

झलारी : शुक्लाफाँटा नगरपालिका ४ असैनामा सञ्चालित पन्ध्र दिने हाते होजियारी सम्बन्धी आधारभूत तालिम सोमवार सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ४ को कार्यालय र टेवा काठमाण्डौंको संयुक्त आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जाल झलारीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।No description available.

तालिममा ४२ जना महिलाले सहभागीता जनाई होजियारी सम्बन्धी आधारभूत सीप आर्जन गरेका छन । तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै वडा अध्यक्ष कमल ठकुल्लाले तालिमका क्रममा सिकेका सीपलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।No description available.

“सीप सिकेर घरमै बस्ने होइन” उहाँले भन्नु भयो, “व्यवसायीक रुपमा अगाडी बढनु पर्छ, थप सीप सिक्न इच्छुकलाई अगामी आवको कार्यक्रममा समेटेर सीप सिकाउछौ ।” विद्यार्थीलाई प्रत्येक वर्षको बजेटबाट रकम विनियोजन गरी कम्प्युटर कक्षा सञ्चालन गरी दक्ष पारिदै आएको उहाँले बताउनु भयो । लक्षित वर्गका व्यक्तिहरुका लागि पनि आगामी आव देखि कार्यक्रम सञ्चालन गरी सामाजिक रुपमा सशक्त पार्ने कार्य संगै नेतृत्व विकास र आय आर्जनका कार्यक्रममा समेटन प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।No description available.

जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य अन्जु रानाले तालिम प्रभावकारी रहेको चर्चा गर्दै अझै सीप निर्खानका लागि तालिमका सहभागीहरुले घरमै सिक्ने प्रयासलाई जारी राख्नु पर्ने बताउनु भयो । सञ्जालका अध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापती मधु बोहराले आधारभूत तालिम लिएकाहरुलाई लघु उद्यम मार्फत रोजगारी दिन कार्य अगाडी बढाउन लागेको बताउनु भयो ।No description available.

वडा र नगरपालिकाले सीप सिकेका महिलाहरुलाई एकद्धार प्रणालीबाट अगाडी लैजाने कार्य संगै उत्पादीत सामग्रीलाई बजार प्रवद्र्धनमा सहयोग पुरयाउनु पर्ने उहाँले बताउनु भयो । वडा सदस्य पदमा पार्कीले तालिम उपलव्धीमुलक रहेको चर्चा गर्नु भयो । तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुदै सञ्जालका कोषाध्यक्ष पुष्पा केसीले सीपले जीउने कला सिकाउने भएकाले यसलाई तालिमका सबै सहभागीहरुले आत्मसात गरी अगाडी बढनु पर्ने बताउनु भयो ।No description available.

तालिममा सहभागी विनिता ओडले छोटो अबधिको तालिममै स्वेटर, गलबन्दी, मोजा, टोपी लगायत बुन्न सिकेको बताउनु भयो । तालिमको मुख्य प्रशिक्षकमा मधु बोहरा, सहायक प्रशिक्षकमा तनुजा भट्ट, हिरा ऐर पुष्षा केसी र सुशिला राना रहनु भएको थियो । तालिमका सहभागीहरुलाई कार्यक्रमका अतिथिहरुले प्रमाण पत्र वितरण गर्नु भएको थियो । अतिथिहरुलाई तालिमका सहभागीहरुले बुनेका गलबन्दी, उनका टोपीहरु लगाएर सम्मान गरिएको थियो । तालिम माघ १५ गते देखि २९ गते सम्म सञ्चालन भएको थियो ।

No description available.

ताजा समाचार