पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने

कञ्चनपुर: पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । ३ फागुन सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको हो । पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ साहित्यकार चन्दको ८४औँ बर्ष पुरा गरेर ८५औँ बर्ष उमेर प्रवेस गरेको अवसरमा नागरिक अभिनन्दन गरिने भएको हो । नागरिक अभिनन्दन समितिले सोमबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चन्दको ८४औँ बसन्त पुरा गरेको अवसर पारेर नागरिक अभिनन्दन गरिन लागेको बताए ।

साहित्यकार समेत रहेका नागरिक अभिनन्दन समितिका सचिव हेमबाबु लेखकले पुर्व प्रधानमन्त्री चन्दले क्षेत्रको योगदान एव माटोलाईं लगाएको गुनको सम्मान गर्दै नागरिक अभिनन्दन गरिन लागेको बताए । ‘उहाँ पुर्व प्रधानमन्त्री एव राजनीतिज्ञ तथा बरिष्ठ साहित्यकार भएकाले समेत हामीले जन्मदिनकै अवसरमा श्रष्टा सम्मान गर्न लागेका हौँ, ‘उनले भने, ‘यसमा आम सुदूरपश्चिमबासीको साथ सर्मथन छ ।’ नागरिक अभिनन्दन समितिका संयोजक माया प्रकास भट्टले अभिनन्दन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए ।

संयोजक भट्टका अनुसार पुर्व प्रधानमन्त्री चन्दले साहित्य एव राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान नागरिक स्तरबाटै सम्मान गरिन लागिएको बताए । चन्दलाई रथारोहण सहित सुदूरपश्चिमका लोक संस्कृति झल्किने झाँगी सहितका कार्यक्रम गरिने छन । नागरिक अभिनन्दन कार्यक्रम मार्फत चन्दको जिवनीमा आधारिक ग्रन्थ तथा स्मारिका प्रकासन गरिनेछ । कार्यक्रममा राजनीतिक दल सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका साहित्यकार विवित क्षेत्रहरुको सहभागिता हुनेछन ।

ताजा समाचार