पत्रकारद्वय भट्ट र कुँवर पक्राउ प्रकरण ः सात दिन म्याद थप

कञ्चनपुर : कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर पक्राउ प्रकरणमा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्नका लागि थप सात दिन म्याद अनुमती दिएको छ ।

आइतबार प्रहरीले अदालतमा म्याद थपका लागि मागेको प्रस्तावमा ७ दिन म्याद अनुमती दिएको हो । पत्रकारद्वय भट्ट र कुँवर बिरुद्धमा विद्युतीय कारोबार बिरुद्धमा उजुरी परेपछि प्रहरी पक्राउ गरेको थियो ।

समाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने विषयमा परिर्वतिन नाम ७५(५०) बाट विद्युतीय कारोबारमा जाहेरी परेपछि पत्रकारद्वय कुँवर भट्टलाई पक्राउ गरेको थियो । प्रहरीले शनिबार पत्रकारद्वय कुँवर र भट्टलाई पक्राउ गरेको थियो ।

ताजा समाचार