दोधारा चाँदनीका उपमेयर जोशीको पहलमा आरोग्य केन्द्रलाई औषधी हस्तान्तरण

दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानिय नागरिकहरुको आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको छ् । आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको अवस्थामा दोधारा चाँदनी नगरपालिका कार्यालयमा रहेको आरोग्य केन्द्रको लागी उपमेयर गंगा देबी जोशीको पहल र महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको सहयोगमा निशुल्क औषधी हस्तान्तरण गरिएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आरोग्य केन्द्रलाई झण्डै रु. २ लाख ५० हजार बराबरको आयुर्वेद औषधी हस्तान्तरण गरिएको आरोग्य केन्द्र दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहल र महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको सहयोगमा उक्त औषधी बताईएको छ् ।

उपमेयर जोशीले महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरलाई बिशेष धन्यबाद दिदै नेपाल सरकारको निशुल्क सुचीमा परेका २१ प्रकारका आयुर्बेदिक औषधी आरोग्य केन्द्रलाई हस्तान्तरण गरिएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुको लागी स्वास्थ्यमा सहजताको लागी माहाकाली आरोग्य केन्द्र स्थापना भए संगै आयुर्वेदिक उपचारमा स्थानियहरुमा नागरिकहरुको पहुँच बढ्न थालेको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको एक कक्षमा नागरिक आरोग्य सञ्चालनमा रहेका छन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगपालिका कार्यालयको सहयोगमा दैनिकरुपमा आरोग्य केन्द्र संचालनमा छ् । पछिल्लो समय आयुर्वेदिक उपचार पद्दतिमा नागरिकहरुको आकर्षण पनि बढ्दै गएको स्थानियहरुले बताउदै आएका छन् ।

महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको सहयोगमा प्राप्त औषधीले आरोग्य केन्द्रलाई निकै सहयोग पुगेको आरोग्य केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताएका छन् । संघिय सरकारको नीति अनुसार कार्यक्रम अनुसार सबै स्थानिय तहमा आयुर्वेदिक उपचारमा स्थानियहरुमा नागरिकहरुको पहुँच बढाउन आरोग्य केन्द्र स्थापना गरिएको बताईएको हो । केन्द्रमा ग्यास्ट्रीक, बाथरोग, सुगर, पायल्स लगाएतका रोगीहरु आउने गरेको माहाकाली आरोग्य सेवा केन्द्र दोधारा चाँदनीले जनाएको छ् ।

आरोग्य केन्द्रमा २२ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अन्तर्गत पुर्व कर्म सेवा उपलब्ध गराईने केन्द्रको कार्यक्रम रहेको बताईएको छ् ।

 

ताजा समाचार