दोधारा चाँदनीमा सिमा समन्यव समिति बैठक सम्पन्न, मानव बेचबिखन तथा लागुऔषध नियन्त्रण गर्न एक्कबद्धता

दोधारा । दोधारा चाँदनीमा सिमा समन्वय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपीमा आज सिमा समन्वय बैठक सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चनभोजले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको संयोजकत्वमा संचालन भएको बैठकमा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय, सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चनभोजका ईन्चार्ज योगेन्द्र भण्डारी, कमलशा बाबा मन्दिर समितिका अध्यक्ष केशव प्रसाद बराल, शिक्षक टिकाराम शर्मा, श्रीनाथ बराल, कमलशा हाँट बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक शर्मा, स्थानिय नन्द बहादुर सुनार, खड्क बहादुर चन्द, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा गुरुङ्ग लगाएत बिभिन्न संघ–संस्था तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।

नेपाल–भारत सिमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोकथाम, आवत जावत सहज, चोरी निकासी पैठारी, लागुऔषध तथा ओसारपसार नियन्त्रण तथा मानव बेचबिखन नियन्त्रण, सिमा अतिक्रमण तथा सिमा क्षेत्रमा शान्ती स्थापित राख्ने बिषयमा छलफल गरिएको हो । सिमा क्षेत्रमा आउने समस्यालाई सशस्त्र प्रहरी बल र सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत गठन भएको सिमा सहजिकरण समितिले न्युनिकरण गर्ने, सिमा क्षेत्रमा हुने लागुऔषध कारोवार, प्रयोग गर्ने स्थलहरु, ओसारपसार गर्ने बाटोहरु, बिद्यालय तथा सार्वजनिक स्थलहरुमा लागुऔषध नियन्त्रणको लागी जनचेतनामुलक कार्यक्रम गर्ने निणर्य गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी कञ्चनभोजका ईन्चार्ज योगेन्द्र भण्डारीले जनाएका छन् ।

अबैध चोरी पैठारी, निकासी नियन्त्रण गरि राजस्व बृद्धिमा सघाउने निर्णय गरिएको छ् । यस्तै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी माईती नेपाल कञ्चनपुर लगाएत संघ–संस्थाहरुले समन्वय गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने निर्णय भएको बताईएको छ् ।

सिमा क्षेत्रमा शान्ती कायम राख्न सबैले एक्कबद्धता जाहेर गरेका छन् ।

 

ताजा समाचार