कोअपरेटिभ म्यानेजर्स कल्बको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

कंचनपुर : कोअपरेटिभ म्यानेजर्स कल्बको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स  प्रमुख अथिति भाट्ले सहकरिका म्यानेजरहरुको क्लबले आफ्नो पहिलो प्राथमिकता संचालक कर्मचारिहरुको दक्षता अभिवृद्धि गर्नु  पर्ने बताउनु भयो । कोअपरेटिभ म्यानेजर्स कल्बको दोश्रो बार्षिक साधारण सभामा जिल्ला भरिका ४० भन्दा सहकारीका कार्यकारी प्रमुख एवं प्रबन्धहरुको सहभागिता रहेको थियो ।

भेलाले सुनिल सेठिको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणि समिति निर्बिरोध निर्वाचित भएको छ १ उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह सचिवमा मदन राज भट्ट, कोषाध्यक्षमा गणेश बहादुर चन्द, सह सचिवमा एक नारायण श्रेष्ठ , सदस्यमा क्रमश मोहन चन्द, सबिना थापा मगर, सरद चन्द्र पाण्डेय, लक्ष्मी सेठि, दान बहादुर रावल, बुद्धि ब। कटुवाल , बन्दना शर्मा, अमृता गौतम रहनु भएको छ । यसका साथै  सहकरिको र सहकरिका सदस्यहरुको व्पसायि सल्लाहकारको रुपमा काम गर्नु पर्ने भएकोले  कंचनपुर सहकारि महासम्मेलन आयोजना गर्ने  सहकारीहरुले उत्पादन गरेका बस्तु र सेवाहरुको बजारिकरणका लागि उपयुक्त स्थानमा बिक्रि कक्ष स्थापना गर्ने बिषयमा जोड दिनु पर्ने र यसका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

कल्बको दोश्रो बार्षिक साधारण सभा क्लबआ अध्यक्ष सुनिल सेठिको अध्यक्ष तथा कंचनपुर बहुउद्देश्यीय सहकारि  संघका अध्यक्ष प्रेम सिंह भाटको प्रमुख आतिथ्यमा बेलौरिको शोभातालमा सम्पन्न भएको छ १ क्लबका सचिव मदन राज भट्टले सन्चालन गरेको कार्यक्रममा सहकारि बैंक प्रबन्धक नबिन क्षेत्री, बिशिस्टकृत सहकरि संघका अध्यक्ष गणेश चन्द, महा सचिव मनमोहन बिष्ट, बहुउद्देश्यीय सहकरिका जिल्ला उपाध्यक्ष दान बहादुर रावल, लगायतले शुभकामना मन्तब्य राखेको थियो ।

ताजा समाचार