भीमदत्त नगरपालिकालाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी

विकास सिह महता / कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकालाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता ०८० को उपाधी पाईएको छ । कृष्णपुर नगरमा शनिबार सम्पन्न भएको १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी भीमदत्त नगरपालिकाले पाएको हो । यस पटक गरेर भीमदत्त नगरपालिकाले लगातार १२, १३ र १४औँ जितेपछि उपाधी चुम्न सफल भएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीका अनुसार तीनदिनसम्म संचालन भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी भीमदत्त नगरपालिकाले पाएको बताए । जिल्ला खेलकुद समितिका अनुसार सबैभन्दा बढि जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले १९स्वर्ण, १२ रजत, १३ कास्य गरी ४४ पदक पाएको छ ।No description available.

दोस्रोमा शुक्लाफाँटा नगरपालिकाले क्रमस स्वर्ण १९, स्वर्ण, १० रजत, ५ कास्य गरी २७ पदक पाएको छ । तेस्रोमा सह आयोजक समेत रहेको कृष्णपुर नगरपालिकाले ८ स्वर्ण, ३ रजत, १० कास्य गरी २१ पदक पाएको छ । यस्तै गरी चौथोमा दोधाराचाँदनी नगरपालिकाले ६स्वर्ण, ७ कास्य,४ कास्य, ७ रजत गरी १७, पाचौँमा पुनर्वास नगरपालिकाले ३स्वर्ण,५ रजत,८कास्य गरी, १६ पदक, छैटौँमा बेदकोट नगरपालिकाले २स्वर्ण, ११ रजत,१५ कास्य गरी २८ पदक, सातौँमा बेलौरी नगरपालिकाले २स्वर्ण, ३ रजत,१३ कास्य गरी १८ पदक पाएको छ । भने, बेलडाँडी र लालझाडीले स्वर्ण पाएको छैन । बेलडाँडी ३रतज, ५ कास्य गरी १३ पदक र लालझाडी १रजत, २ कास्य गरी ३ पदमा चित्त बुझाएको छ । विभिन्न ६ खेलकुद विद्यातर्फ जिल्लाभरी ५२स्वर्ण,५२ रजत र ७८ कास्य गरी १सय ८३ पदकका लागि ९पालिका झण्डै ८सय विद्यार्थीविच प्रतिस्पर्धा भएको थियो ।No description available.

कार्यक्तमका प्रमुख अथिति कृष्णपुरका मेयर हेमराज ओझाले उपाधी चुमेको भीमदत्त नगरको टीमको शिल्ड उपमेयर निलम लेखक, पालिका तर्फबाट जनप्रतिनिधी हेम बहादुर बस्नेत सहितका खेलाडीलाई हस्तान्तरण गरेका थिए । यसपछि आगामी बर्ष हुने १५औँ राष्ट्रपनि रनिङ्गशिल्ड प्रतियोगिता संचालनका लागि शुक्लाफाँटाका मेयर रण बहादुर महरालाई हस्तान्तरण गरिएको छ । खेलाडी समेत रहेका भीमदत्त नगरपालिका तर्फबाट प्रतियोगिता प्रतिनिधी भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले खेलाडीको अथाह मेहनतदेखि शिक्षक, प्रशिक्षक, पालिकाको अभिभाबकत्वले लगातार तीन पटक उपाधी जित्न सफल भएको बताए । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले सफलापुर्वक प्रतियोगिता सम्पन्न भएको बताए ।No description available.

ताजा समाचार