लक्ष्मी माध्यामिक विद्यालयको बार्षिकोत्सव

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १५खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच विद्यालयको ४४ औँ बार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्तममा विद्यालयका प्रअ प्रकास बहादुर चन्दले शैक्षिक बृद्धि विकासमा जोडदिएका छन ।

कार्यक्रममा शिक्षक, रामसिह भण्डारी, धुव्रराज पन्त, तारा अर्याल, कर्मचारी धर्मराज पाण्डेलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई समेत पुरस्कृतका साथै सुदूरको लोक संस्कृति संरक्षणका नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र साउदले विद्यालयको बृद्धि विकासका लागि समितिका तर्फबाट थुप्रै पहल प्रयास भईरहेको बताए ।

कार्यक्तमको सभापतित्व समेत ग्रहण गरेका अध्यक्ष साउदले तीनै तहका सरकारी निकायसग समन्वय गरेर विद्यालयको बृद्धि विकासमा जोडदिने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुप प्रदेश सभा सदस्य बेल ब. रानाले विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने बताएका छन ।

ताजा समाचार