व्यक्तित्व विकासको लागी दोधारा चाँदनीमा उद्धघोषण तालिम संचालन

दोधारा । व्यक्तित्व विकासका लागि दोधारा चाँदनीमा उद्धघोषण तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग तथा श्री सरस्वती सिकाई केन्द्र चाँदनीको आयोजनामा ५ दिने उद्धघोषण तालिम संचालन गरिएको सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थीले जानकारी दिएका छन् । शनिवार एक कार्यक्रमको बिच सरस्वती सिकाई केन्द्र चाँदनी कार्यालयको सभा कक्षमा तालिमको उद्धघाटन गरिएको छ् । उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थी, दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, हिरा चन्द, सरस्वती पोखरेल, तालिमका प्रशिक्षक नर बहादुर साँउद, केएसडिएनका भुवन बिहारी पन्त लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले वडाका महिला समूहहरुलाई सक्रिय र जागरुक बनाउने साथै महिलाहरुको क्षमता अभिवृद्धिमा जोड दिएका छन् । वडाध्यक्ष सुनारले तालिम पश्चात महिलाहरुले आत्मविश्वासका साथ कार्यक्रम सञ्चालन गर्न सक्ने साथै बिभिन्न समितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई पनि क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । वडाका महिलाहरुलाई शसक्तिकरणमा जोड दिएको बताउदै महिलाहरुको नेतृत्व विकास गर्ने उद्धेश्यले उद्धघोषण तालिमको आयोजना गरिएको उनले बताएका छन् ।

वडाध्यक्ष भक्त बहादुर सुनारले महिला लक्षित कार्यक्रम अन्तर्गत बजेट छुट्याएको बताउदै बजेट र कार्यक्रमको सहि रुपले सदुपयोग गर्न समेत आग्रह गरेका छन् । ५ दिने उद्धघोषण तालिमका १५ जना महिलाहरुको सहभागिता रहेको सरस्वती सिकाई केन्द्र चाँदनीले जनाएको छ् ।

कार्यक्रम संचालन भुवन बिहारी पन्तले गरेका थिए ।

ताजा समाचार