महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर : भीमदत्त नगरपालिका अन्तर्गतको महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रवार भीमदत्त नगरपालिकाका नगरप्रमुख एवम् महाकाली बहुप्राविधिक शिक्षालयका सञ्चालक समितिका अध्यक्ष पदम बोगटीको अध्यक्षता एवम् नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आथित्यतामा शिक्षालयको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक लेखकले महाकाली बहुप्राविधिक शिक्षालयको स्थापनामा योगदान पु¥याएका व्यक्तिलाई बधाई एवम् धन्यवाद दिदैँ उक्त शिक्षालयको थप विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिले शिक्षालयमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, अप्थाल्मिक साइन्स र डिप्लोमा इन फार्मेसी अध्यापन भइरहेको र अनुमती पाएका छौँ ।’ उनले भने ‘ अब तत्कालै डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक पनि सञ्चालन गरिनेछ म यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले अगाडीले भने ‘शिक्षालयको भवनको काममा पनि अगाडी बढिनेछ भवन निर्माणको काम पनि गरिनेछ ।’ प्रमुख सचेतक लेखकले विकासमा राजनिति गर्न नहुने बताए । ‘हामीले विकासमा राजनिति गर्नु हुदैँन ।’ उनले भने ‘बरु विकासका लागि राजनिति गरिनुपर्छ ।’ उनले अगाडी भने ‘आज व्यवसायीक शिक्षाको आवश्यकता रहेको छ । जसले मानिसको जीवनसंग शिक्षा जोडिन जरुरी छ ।’ पूर्व प्रतिनिधि सभा सदस्य निरु पालले आफु प्रतिनिधि सभा सदस्य हुदाँ शिक्षालयको स्थापनाका लागि आफुले आफ्नो कर्तव्य राम्रो संग निर्वाह गरेको भन्दैँ यसको विकासका लागि सधै लागिरहने बताइन् ।

यस्तै कार्यक्रमका सभापती एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख एवम् शिक्षालयका संचालक समतिका अध्यक्ष बोगटीले बहुप्राविधिक शिक्षालयको थप विकासका लागि आफु प्रयासरत रहेको बताए । ‘आफु निर्वाचित भएर आउँदा शिक्षालय बैजनाथ माविको भवनमा रहेको थियो । विद्यार्थीहरुको पठनपाठनमा थप सहज होस् भन्ने उद्देश्यले आइसिएच का पदाधिकारीसंग छलफल गरेर आइसिएचको यो भवनमा सञ्चालन गरिएको हो ।’ उनले भने ‘शिक्षालयको भवन निर्माण, छात्रावास, स्कुल बसका लागि हामी प्रायास गरिरहेका छौँ । यसका लागि संघ सरकार र प्रदेश सरकारसंग आग्रह गरेर भएपनि यो काम गरिनेछ ।’ उनले अगाडी भने ‘अहिले अप्थल्मिकको समेत अध्ययन भइरहेको छ र अब प्रमाणपत्र तह नर्सिङ, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक विषयको समेत अध्यापन गर्ने गरि काम र सम्बन्धित निकायमा पहल भइरहेको छ ।’ कार्यक्रममा अन्य वक्ताहरुले समेत शिक्षालयको थप विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा शिक्षालयको स्थापनामा योगदान पु¥याएका व्यत्तिल लाई सम्मान, विभिन्न खेलकुदमा विजयी हुने विद्यार्थी खेलाडीहरुलाई प्रमाण पत्र वितरण, विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

ताजा समाचार