दोधारा चाँदनीका महिलालाई मालापोते बनाउने तालिम


कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रमा महिला, किशोरीलाई माला पोते बनाउने तालिम लिईएको छ । व्यवासायिक तथा सीप विकास तालिम केन्द्र र दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालयको सयुक्त आयोजनामा महिलाका लागि माला पोते बनाउने तालिम लिईएको हो । ग्रामिण भेगका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि एक महिने तालिम संचालन गरिएको आयोजकले जनाएका छन ।

गत पुष अन्तिम सातादेखि शुरु भएको तालिम शुक्रबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन कार्यक्तमका प्रमुख अथिति समेत रहेका व्यवासायिक तथा सीप विकास तालिम केन्दका प्रमुख तर्कराज विष्टले महिलालाई व्यवसाय तर्फ जोडनका लागि वडासंग सहकार्य गरेर तालिम संचालन गरिएको बताए । दोधाराचाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले व्यवसायिक सीप विकास तालिम केन्द्रसंग सहकार्य गरेर तालिम संचलान गरिएको बताए ।

वडा नगरका महिला आत्मनिर्भर बनाउन टेवा पुगेको बताए । उक्त तालिमको प्रशिक्षण ज्योती केसी(तिवारी) मुख्य प्रशिक्षक रहेका थिए । तालिममा ३० महिलाको सहभागिता रहेको थियो । उनीहरुले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img