महेन्द्रनगर : पल्सरस्र्पोट अवार्डमा छनौट भएकी राष्ट्रिय भलिबलकी खेलाडी निरुता ठगुन्नालाई जिताउनका लागि संकलन भएको रकम पठाईएको छ । माघ दोस्रो सातादेखि महेन्द्रनगर खुला मञ्चमा संचालन भएको तेस्रो मुख्यमन्त्री प्रतियोगितामा संकलन भएको रकम पठाईएको हो ।
जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभिन्न व्यक्तित्वबाट संकलन भएको रकम निरुताको व्यक्तिगत खातामा पठाएको बताए । उनका अनुसार १५ हजार २सय १५रुपैया संकलन भएको रकम ठगुन्नाको खातामा पठाईएको छ ।
अन्र्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका खेलाडी दिपेश धामी २हजार ५, मेलौरी नपा १का वडाध्यक्ष सरद सिह नेगी २ हजार १ सय, दुहु गाँउपालिका अध्यक्ष नरेन्द्रसिह बडाल ५ हजार ५सय, प्रादेशिक रेफ्री लक्ष्मी शाही २ हजार ५, भीनपा ६ ऐठपुर हरिस सिह बुडाल १हजार, दशरथ चन्द नगरपालिका ४का वडाध्यक्ष भानदेव भट्ट ३हजार १सय रुपैया सहयोग गरेका दिए ।










