कञ्चनपुरको पुनर्वासमा छैटौं अरनिको सैनिक कपमा बिरेन्द्र युवा क्लब र लालझाडी ११ को बिजयी शुरुवात

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जिल्लाकै सर्वाधिक धनराशी अरनिको सैनिक कप सञ्चालन भइरहेको छ। खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको सबै खेलहरू सम्पन्न भएको छ । अरनिको खेलकुद विकास समिति,अरनिको युवा क्लबले देश बिकास अनुशासन र गतिशिलतामा युवा स- शक्तिकरणका लागि खेल भन्ने मुल नाराका साथ आइतबारदेखि स्व. प्रकाश दाहाल स्मृति छैटौँ अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु गरिएको हो ।

आज पहिलो खेल बिरेन्द्र युवा क्लब बिर बल भद्र बस्ती भरोस भानु युवा क्लब रातो बिच भएको थियो। प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयमा कसैले पनि गोल गर्न नसके पछि दुवै टिम को सहमति बिच ट्राई ब्रेकरमा खेललाई लगेको थियो। ट्राई ब्रेकरमा भानु युवा क्लब रातो लाई पछि पार्दै बिरेन्द्र युवा क्लबले जित हात पार्दै दोस्रो चरणमा पुगेको छ। त्यसै गरी दोसो खेलमा दशरथ युवा क्लब भर्सेस लालझाडी युवा क्लब ११बिच भएको खेल पनि निकै नै रोचक र प्रतिष्पर्धात्मक रहयौ। उक्त खेलमा मध्यन्तर सम्म पनि कुनै टिमले गोल गर्न सकेको थिएन । दुवै टिमका खेलाडीहरूको उत्कृष्ट खेल प्रदर्शन गर्दै गर्दा लालझाडी युवा क्लब ११ ले डि बक्स भित्र पाएको मौकाको पुर्ण रुपमा सदुपयोग गर्दै ०-१ गोल प्रहर गर्दै आफ्नो टिमलाई दोस्रो चरणको खेलमा प्रवेश गर्न सफल भएका छन्। यसैगरी आजको खेल सगै न्यू भानु युवा क्लब रातो भानुबस्ती र दशरथ युवा क्लब दशरथ बस्ती छैटौं अरनिको सैनिक कप बाट बाहिरिएको छ।

भोलि देखि अरनिको सैनिक कप दोस्रो चरणमा प्रवेश गरेका छन्। जस अन्तर्गत भोलिको पहिलो खेल सुदूरपश्चिम ११धनगढी भर्सेस एबीएफसी कृष्णपुर २ बाणी र दोस्रो खेल भानु युवा क्लब निलो भर्सेस आयोजक अरनिको युवा क्लब पहेंलो बिच हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार सहित मेडल, ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता उत्कृष्ठ गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ठ एकजना खेलाडीलाई नगद १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको मूख्य प्रायोजकमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एच आर म्यानेजमेन्ट प्रालि रहेको छ । नेपाली सेना र नेपाल प्रहरीको विभागीय टिम सहित १८ सहभागी रहेको छ। पुनर्वास नगरपालिका २ अरनिको खेल मैदानमा शुरु भएको उक्त छैटौँ अरनिको सैनिक फुटबल कपको पुर्व खानेपानीमन्त्री बिना मगरले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

ताजा समाचार