दोधारा चाँदनीमा तिन महिनाको अवधीमा १ सय १५ जनालाई रेविज बिरुद्ध भ्याक्सीन

दोधारा । दोधारा चाँदनीमा तिन महिनाको अवधीमा १ सय १५ जनालाई रेविज बिरुद्धको भ्याक्सीन लगाएका छन् छन् । दोधारा चाँदनी अस्पतालको एक तथ्यांक अनुसार तिन महिनाको अवधीमा १ सय १५ जनालाई कुकुरले टोकेपछि एन्टी रेबिज भ्याक्सीन दिईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा यतिबेला छाडा कुकुरको बिगबिगी बढ्दो छ् । दोधारा चाँदनी अस्पतालको बिबरण अनुसार गएको मंसिर महिनामा ९३ जना, पौष महिनामा ३१ जना र माघ महिनामा ५१ जना स्थानियहरुलाई कुकुरले टोकेर एन्टी रेबिज भ्याक्सीन दिईएको छ् । कुकुरको टोकाईको संख्या बिगतका दिनहरु भन्दा बढ्दो रहेको स्थानियहरुले बताएका छन् ।

दोधारा चाँदनी अस्पतालको तथ्यांकले तिन महिनामा १ सय १५ जनालाई कुकुरले टोकेर उपचार गरेको भएता पनि सिमावर्ती भारतिय शहरका अस्पताल र अन्य स्थानमा गएर कुकुरले टोकेको उपचार गर्ने स्थानियको संख्या पनि त्यत्तीकै बढी रहेको एकथरीको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालयमा १ सय २४ जनालाई रेबिज रोग बिरुद्ध दिईने एन्टी रेबिज भ्याक्सीन दिईएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले बताएका छन् ।

ताजा समाचार