तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रंतियोगिता : महाकाली अस्पतालको निःशुल्क स्वास्थ्य डेस्क

कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा महाकाली प्रादेशिक अस्पतालले समेत स्वास्थ्य डेस्क संचालन गरेको छ । महाकाली प्रादेशिक अस्पतालले प्रतियोगिता स्थल खुला मञ्चमा स्वास्थ्य डेस्क संचालन गरेको हो ।

महाकाली प्रादेशिक अस्पताल ईमरजेन्सी इन्चार्ज केशर सिह बोहराले हेल्थडेस्क मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताए । उनका अनुसार खेलाडी एव दर्शकलाई प्राथमिक उपचार सहित त्यो भन्दा ठुलो उपचारका लागि अस्पताल रिर्फर गर्दै आएको बताए । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य ईन्द्र सिह साउदले राष्ट्रिय स्तरको प्रतियोगितामा अस्पतालले समेत समाजिक उत्तरदायित्व अन्र्तरगत खेल स्थलमै डेस्क सहित सेवा प्रदान गर्दै आएको बताए ।

ताजा समाचार